कालीकोटको तिलागुफाको विमानस्थल बनाउने, नगर बस सञ्चालन गर्ने

  • नमस्ते कर्णाली

  • कालीकोट : कालीकोटको तिलागुफा नगरपालिकाको १४औंँ नगरसभा महत्वपूर्ण निर्णय गर्दै सकिएको छ । नगर प्रमुख शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा विभिन्न निर्णय गर्दै नगर सभा सकिएको हो । नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले पेश गरेको विनियोजित बजेटको कार्यान्वयन र प्रगति प्रतिवेदन पास गरेको छ ।
    नगर सभाले तिलागुफा नगरपालिकाको लागि आवश्यक पर्ने ऐन,नियम र कार्यविधिलाई अनुमोदन गर्ने निर्णय गरेको छ । न्यायिक समितिले उजुरीको कार्बाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धि ऐन, तिलागुफा नगरपालिकाको सार्वजनिक निजी साझेदारी नीति र तिलागुफा नगरपालिकाका पदाधिकारी आचारसंहिता सम्बन्धि ऐन रहेका छन् ।

    तिलागुफा नगरपालिकामा रहेका पर्यटकीय क्षेत्र रूडुबन्चु,पुगमालिका, तिलागुफा लगायतका क्षेत्र घोषणा गरी पर्यटन सँग सम्बन्धित विकास पुर्वाधार निर्माणका लागि संघ तथा प्रदेश सरकार लगायत अन्य दातृ निकायसँग माग गर्ने निर्णय गरिएको नगर प्रमुख उपाध्यायले बताए ।
    यस्तै तिलागुफा नगरपालिका वडा नम्बर ९ स्थित भटारीकाध पर्यटकीय विमानस्थल निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकार लगायत अन्य सरोकारवालासँग माग गर्ने निर्णय गरिएको उनले बताए । तिलागुफा नगरपालिकाका आम नगरबासिहरूको आवत जावत गर्ने कार्यमा देखियको समस्यालाई समाधान गर्न नगरबस सेवा सञ्चालनको लागि २ वटा बस मापदण्ड बनाइ खरिद तथा सञ्चालन प्रक्रियालाई चालु आ.ब मै यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरिएको छ । साथै तिलागुफा नगरपालिकालाई समृद्ध निर्माण गर्न विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

    यस नगर सभालाई सम्पन्न गर्न महत्वपूर्ण गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

     

  • २३ माघ २०८०, मंगलवार ११:०८ प्रकाशित

  • Nabintech