‘महोत्सवले कोहलपुरलाई चिनाउन भूमिका खेल्नेछ’

  • नमस्ते कर्णाली

  • हेमविक्रम जिसी
    अध्यक्ष
    नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर, बाँके

    कोहलपुर महोत्सव महासंघले दोस्रोपटक आयोजना गर्दैछ । यसअघि हामीले २०७६ मा पनि महोत्सव आयोजना गरेका थियौ । त्यतिबेला हामीले महांसघको कार्यालय भवन निर्माण गर्न सफल भयौ । यसपटक पनि हामीले औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र स्थापनाका लागि महोत्सव आयोजना गर्दैछौ । यस क्षेत्रमा रहेका उद्योगीहरुको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको छ । महोत्सवमा प्राचीनकालदेखि उद्योगहरु कसरी सञ्चालन भएका थिए । अहिले त्यसको अवस्था कस्तो छ । यस्ता कुराहरु प्रदर्शनीका रुपमा राखिनेछ । यसमा सांस्कृतिक कुरादेखि ढिकी जाँतोसमेत हुनेछ । यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसमेत गरिनेछ । विशेषगरी उद्योगीहरुलाई प्रोत्साहन गर्नको लागि कोहलपुरलाई तालिम हबका रुपमा विकास कसरी गर्न सकिन्छ भनेर योजना बनाएका छौ । महोत्सव हामी सबैको हो । सबैबाट सहयोग प्राप्त भएमा हामीले सोचेका योजना पूरा हुने कुरामा विस्वस्त रहेका छौं । घरेलु महासंघसँग सम्बन्धित कृषि,सांस्कृतिक पक्षसमेत उजागार गरिनेछ । हामीलाई निम्तो छ । महोत्सव हेरिदिनुहोस् ।

  • २५ माघ २०८०, बिहीबार १२:४३ प्रकाशित

  • Nabintech