‘लघु,घरेलु व्यवसायलाई प्राथमिकता दिइएको छ

  • नमस्ते कर्णाली

  •           हिमलाल घिमिरे
                 महासचिव
    नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर,बाँके
    हामीले कोहलपुरको घरेलु उद्योगलाई प्रोत्साहन गर्नको लागि महोत्सव सञ्चालन गर्दैछौ । लघु,घरेलु उद्योगलाई अधिकतम् प्राथमिकता दिइएको छ । उहाँहरुको उत्पादनलाई बजारीकरणका लागि पहल गरिएको छ । उहाँले आफ्नो उत्पादन बजारीकरण गर्न पाउनुहुनेछ । घरेलु उत्पादनको स्टल मात्रै ६० भन्दा बढी हुनेछन् । घरेलु महासंघ अन्तर्गत ३ सय भन्दा बढीले सदस्यता नविकरण गरेको अवस्था छ । यहाँ काठ सम्बन्धि उद्योग धेरै रहेका छन् । स्टिल फर्निचरका उद्योग रहेका छन् । यस्तै पानी उद्योगको राम्रो उत्पादन रहेको छ । स्थानीय मागलाई धान्न सक्ने उत्पादन घरेलु उद्योगबाट हुने गरेको छ । केही मात्रामा सिलाई,जुत्ता र कपडा उद्योगसमेत बढ्दो क्रममा रहेको छ । महोत्सवमा महिलाद्धारा सञ्चालित उद्योगका उत्पादनसमेत समावेश गरिएको छ ।

  • २५ माघ २०८०, बिहीबार १२:४५ प्रकाशित

  • Nabintech