‘महोत्सव विगतको भन्दा पृथक हुनेछ’

  • नमस्ते कर्णाली

  • इश्वर शर्मा
    महोत्सव प्रसार प्रसार समिति
    संयोजक
    यो मेला विगतका मेला भन्दा धेरै कुराले पृथक छ । यसमा कृषि प्रदर्शनीलाई विशेष जोड दिइएको छ । स्थानीय व्यवसायीलाई स्टलमा विशेष प्राथमिकता दिइएको छ । कृषकहरुलाई आफ्ना उत्पादन बजारीकरण गर्ने र आम्दानीको बाटो खुल्ला गर्ने कुरालाई प्राथमिकता दिइएको छ । मेलामा आउने व्यवसायीहरुले नविनतम् कुराहरुलाई प्रदर्शनीमा राख्दै हुनुहुन्छ । आगन्तुकहरुले ती कुराहरुको अवलोकन गर्ने र सिक्ने अवसर पाउनुहुनेछ । यस्तै महोत्सव स्थलमा परामर्श केन्द्रपनि राखिएको छ । त्यहाँ उद्योगीहरुले आफूले चाहेका नयाँ कुराहरु निःशुल्क सिक्न पाउनुहुनेछ । एक जना परामर्शदाताका रुपमा महोत्सव स्थलमा रहनुहुनेछ । यसैगरी विशेष आकर्षणका रुपमा टक शो समेत रहेको छ । यो नेपालमै पहिलो पटक आयोजना गरिन लागेको हो । यसमा विभिन्न विषयमा विचार मन्थन हुनेछ । यतिमात्रै होइन अन्य धेरै कुरामा महोत्सवलाई उपयोगी बहुआयमिक बनाउन खोजिरहेका छौ । यो महोत्सव मनोरञ्जनमा मात्र सीमित रहनेछैन ।

  • २५ माघ २०८०, बिहीबार १२:४९ प्रकाशित

  • Nabintech