‘यहाँका सम्पूर्ण सांस्कृतिक पक्ष समेटिनेछन्’

  • नमस्ते कर्णाली

  • एम.डी. कँडेल
    कला संस्कृति,झाँकी व्यवस्थापन उप–समिति
                संयोजक
    यो महोत्सव आफैमा बहुआयमिक छ । विगतको भन्दा पृथक हुने कुरा हामीले यसअघि नै भनिसकेका छौं । यो कार्यक्रम एउटा हो । तर, यसमा धेरै कुराहरु समावेश छन् । त्यो मध्येको सांस्कृतिक पक्ष पनि एक महत्वपूर्ण पक्षको रुपमा रहेको छ । यसलाई पर्यटनसँग पनि जोड्न खोजिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता, स्वरोजगारी निर्माणका लागि कला,सांस्कृतिक पक्षलाई उजागर गर्ने महोत्सवको लक्ष्य रहेको छ । यसमा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइनेछ । लुकेर रहेका प्रतिभाले यस महोत्सवमार्फत आफ्नो कला प्रस्तुत गर्न पाउनेछन् । महोत्सवमा थारु संस्कृति विशेष आकर्षणको रुपमा रहेको छ । महोत्सवमा यहाँका रैथाने बाजा,सिंगारु नाच,कुर्कुटे नाच,पञ्चेबाजा, लहरे नाच, थारु नाच, सोरठी नाच यस्ता प्रकारका नाचसमेत समावेश छन् । कर्णाली क्षेत्रका विशेष नाचहहरुको व्यवस्था रहेको छ । सम्पूर्ण जातजातिका सांस्कृति पक्षहरु महोत्सव अवधिभर समेट्नेछौ । महोत्सव अवधिभर स्थानीय कलाकार,व्याण्डहरुको सहभागिता रहनेछ । यस्तै राष्ट्रिय कलाकारहरुले समेत दैनिक प्रस्तुति दिनेछन् । एकदिनमा अधिकतम् कलाकारहरुलाई समेटिनेछ ।

  • २५ माघ २०८०, बिहीबार १२:५२ प्रकाशित

  • Nabintech