गोरखा युनाइटेडले मनायो ११ औंँ अभिभावक दिवस

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित गोरखा युनाइटेड पब्लिक स्कूल, बाँकेको ११औँ अभिभावक दिवस भव्य रुपमा मनाइएको छ । शनिबार एक औपचारिक समारोहका बीच ब्रह्मा कुमारी इश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष ब्रह्मा कुमारी दुर्गा शर्माको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न भएको हो । शर्माले नै अभिभावक दिवसको उद्घाटन गरेकी हुन् ।

    दिवसमा स्वागत मन्तव्य राख्दै स्कूलकी प्रधानाध्यापक साधना थापाले स्कूलले विद्यार्थीहरुको क्षमता विकासलाई प्राथमिकता दिइएको बताइन् उनका अनुसार गोरखाले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइरहेको छ ।यस्तै कार्यक्रम संयोजक अरुण थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश गर्दै स्कुलमा अध्ययनरत विद्यार्थीहरुको क्षमता प्रदर्शन गर्ने र अभिभावकलाई जानकारी दिने उद्देश्य रहेको बताए ।

    उनका अनुसार गोरखाले विद्यार्थीको रुचि अनुुसार अध्ययन गराउँदै आएको छ । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले गुणस्तरप्य र व्यवहारिक शिक्षाको लागि कोहलपुर क्षेत्रलाई देशभरी चिनाउने काम गरेको बताइन् । उनले विद्यालयको थप प्रगति र उन्नतिको कामना गरिन् । यसैगरी शर्माले संस्थागत विद्यालय र सामुदायिक विद्यालयलाई सँगै अगाडि बढाउँदै लैजानुपर्नेमा जोड दिइन् ।
    कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरणमा ९ र १० र कक्षा ११ र १२ का विद्यार्थीहरुले मार्च पास गरेका थिए । यस्तै कक्षा के.जी. १ देखि कक्षा आठ सम्मका विद्यार्थीहरुले कक्षागत गीत,नृत्य, एरोविक योगा, फेन्सि,ड्रेस,पिटी तथा ड्रिल,तेक्वान्दोको प्रस्तुति सुन्दर रोचक तरिकाले प्रस्तुत गरेका थिए । यस्तै २०७९ को एस.ई.ई र कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रमको दोस्रो चरणमा अभिभावक र विद्यार्थी र विद्यार्थी तथा शिक्षक शिक्षिका तथा अभिभावकका साथै महिला र पुरुष बीच रमाइलो खेल आयोजना गरिएको थियो । कार्यक्रममा जियुपिएस ट्यालेन्ट हन्ट सिजन १० पनि सम्पन्न भएको सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेले बताए । उक्त अवसरमा नृत्य,कविता, गायन,हास्यब्याङग्य र चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।

    यस्तै अन्तर सदनात्मक एघारौ फाउण्डर कप प्रतियोगितामा छात्रातर्फ पहेलो सदन दोस्रो र छात्र÷छात्रा दुवै तर्फ हरियो सदन प्रथम भएको थियो । समापन सत्रमा बोल्दै आलेमगरले अभिभावकहरुको सल्लाह सुझावको आधारमा अघि बढ्ने बताएका थिए ।

  • २८ माघ २०८०, आईतवार १५:०६ प्रकाशित

  • Nabintech