काेहलपुर बागेश्वरीले मनायाे `किड्स इन्जाेइङ डे´(फाेटाेफिचर)

  • नमस्ते कर्णाली

  • काेहलपुर-३ स्थित काेहलपुर बागेश्वरी इंग्लिस मेडियम स्कुलले काेहलपुर बागेश्वरी `किड्स इन्जाेइङ डे -२०८०´ भव्य रूपमा मनाएकाे छ । स्कुलकाे आयाेजनामा काेहलपुर बागेश्वरी `किड्स इन्जाेइङ डे -२०८०´ भव्य रूपमा मनाइएकाे हाे । उक्त इन्जाेइङ डे काे उद्देश्यमाथि प्रकाश पार्दै प्रिन्सिपल कलाधर चापागाईंले विद्यार्थीलाई अध्ययनमा मात्र सिमित नराखेर उनीहरूमा भएकाे क्षमतालाई चिनाउने अवसरका रूपमा कायर्यक्रम आयाेजना गरिएकाे बताए ।

    उनका अनुसार लेख्नु र पढ्नु मात्रै अध्ययन हाेइन अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपनि सिकाईकाे माध्यम हाे । कक्षा नर्सरीदेखि कक्षा १ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई सहभागी बनाएर विभिन्न प्रस्तुति गरिएकाे उनकाे भनाइ छ । `आज नानी बाबुहरूकाे रमाउने दिन हाे । उहाहरूका अभिभावकसमेत सहभागी हुनुपर्छ,´ उनले भने । उनले स्कुलले स्थापनाकालदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे बताए । आफ्नै सुविधा सम्पन्न भवन र जग्गामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे स्कुल काेहलपुरकाे नमुना विद्यालयकाे रूपमा रहेकाे प्रिन्सिपल चापागाईंले बताए । हाल स्कुलमा ११ सय विद्यार्थी अध्ययनरत छन् ।

    यस्तै दक्ष शिक्षकहरूसमेत रहेका छन् । ती मध्ये दस जना मास्टर डिग्री पास गरेका,१५ जना स्नातक तह पास गरेका छन् । स्कुलले २०७९ काे एसईईमा काेहलपुरका मावि मध्ये तेस्राे स्थान हासिल गरेकाे उनले जानकारी दिए । यस्तै खेलकुदमा समेत स्कुल अघि रहेकाे छ । `क्रिसा खेलकुदमा प्रथम भएकाे थियाे । मेयर कप र जिल्लामा गाेल्ड मेडल जित्याे,´ उनले भने,`पेन्टिङ र गायनमा समेत प्रथम भएकाे छ । करातेमा मेयर कप र जिल्लामा गाेल्ड जित्याे ।´ नर्सरीमा अध्ययनरत ९० प्रतिशत विद्यार्थीकाे नम्बर प्लस रहेकाे छ । स्कुलकाे अध्ययन विधि मन्टेश्वरी रहेकाे छ । निकट भविष्यमा माेबाइल एप्स प्रयाेग गरिने भएकाे छ ।

    काेहलपुर बागेश्वरी इंग्लिस मेडियम स्कुलका संस्थापक तथा अध्यक्ष विष्णुप्रसाद केसीले विद्यार्थीहरूकाे क्षमता प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे बताए । उनका अनुसार अभिभावकहरूलाई बालबालिकाकाका क्षमता देखाउनकाे लागि इन्जाेय डे सुरू गरिएकाे हाे । यसैगरी १५ अाै राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने सन्दिप शाहीलाई नगद् प्रशिक्षक निमप्रसाद खनालले व्यक्तिगत १५ सय रूपैयाँ दिएर सहित सम्मान गरिएकाे छ । उक्त अवसरमा विद्यार्थीहरूले अंग्रेजी र नेपालीमा स्पिच,बाल गीत, एकल तथा संयुक्त गरि २१ वटा प्रस्तुति प्रस्तुत गरिएकाे थियाे । वेष्ट टिचर अफ २०८० गाेमा आचार्यलाइ पुरस्कृत गरिएकाे थियाे ।

  • २८ माघ २०८०, आईतवार १६:५१ प्रकाशित

  • Nabintech