‘जनयुद्ध दिवस’मा कर्णालीका दर्जन पालिकामा सार्वजनिक बिदा

  • नमस्ते कर्णाली

  • बाँके : जनयुद्ध दिवसको अवसरमा कर्णालीका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् । देशमा दश वर्ष चलेको जनयुद्ध दिवसको अवसरमा युद्धको आधार इलाका रुपमा रहेको कर्णालीका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका हुन् । कर्णालीका ७ स्थानीय तहले दिवसको अवसरमा बिदा दिएका हुन् । विदा दिनेमा कालीकोटका पाँच पालिका रहेका छन् । कालीकोटको रास्कोट र खाँडाचक्र नगरपालिका रहेका छन् ।

    यस्तै पलाँता गाउँपालिका र पचालझरना गाउँपालिका र महावै गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । पचालझरनाले गणतन्त्र स्थापनाको लागि ०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धको स्मरण र सम्मानका लागि बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।
    यस्तै जाजरकोटको नलगाड नगरपालिका सार्वजनिक बिदा दिएको छ । नलगाड नगरका मेयर डम्बरबहादुर रावत भन्छन्, ‘सबै काम सर्वोच्चकै मात्र हुँदैन केही त हाम्रो पनि होला नि ! सर्वोच्चबाट सबै कार्यपालिका खारेज गरेर सर्वोच्चलाई जिम्मा दिए भैगो, किन राख्नु कार्यपालिका ।’ आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको उनले बताए । जाजरकोटमा दिवसको अवसरमा बिदा दिने एकमात्र स्थानीय सरकार हो । यसैगरी डोल्पाको मुड्केचुल्ला गाउँपालिकाले पनि बिदा दिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पनि बिदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा बिदा दिनेमामा हुम्लाको सिमिकोट गाउँपालिका र ताँजाकोट गाउँपालिकासमेत रहेको छ ।

    पलाँता गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । फागुन १ गते बिभिन्न कार्यक्रम गरि मनाउने गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाले बताए । यस्तै सिमकोट गाउँपालिकाका कार्यबाहक अध्यक्ष नन्द रावतका अनुसार जनयुद्ध दिवसको अवसरमा पालिकामा विदा दिने निर्णय गरिएको छ । उनले फागुन १ गते मंगलबारका दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यलयहरु, विद्यालयमा सार्वजनिक विदा दिइएको बताए । सर्वेच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो । सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो । यस अघि रोल्पाको माडी गाउँपालिकाले बिदागर्ने निर्णय गरेको थियो । विशेष माओवादी केन्द्रले जितेका पालिकाले मात्रै जनयुद्ध दिवसको अवसरमा बिदा दिएका छन् । यस्तै देशभरका धेरै स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

  • १ फाल्गुन २०८०, मंगलवार ११:५५ प्रकाशित

  • Nabintech