कोहलपुरमा वनबाटिका र जैविक पार्क बन्दै

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरीमा सितल वनबाटिका र जैविक निर्माण हुने भएको छ । कोहलपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान झल्किने गरी पिपरीमा जैविक पार्क निर्माण हुने भएको हो । पार्कको एक कार्यक्रमकाबीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास गरेका छन् । वडा नम्बर ८ को सिक्टा नहर नजिकै निर्माण हुने पार्कको धार्मिक विधि अनुसार शिलान्यास गरिएको हो । उक्त अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए ।


    उनका अनुसार पार्कले कोहलपुरको पहिचान झल्काउने छ । उनले पार्क निर्धारित समयमै सम्पन्न गर्नपनि ध्यानाकर्षण गराएका छन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले कोहलपुर कै पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए । वडा नम्बर ८ को मुख्य आषर्कणको रुपमा पार्क रहने वडा अध्यक्ष रानाले बताए । वनबाटिका तथा जैविक पार्क विविधताले युक्त हुने रानाको भनाइ छ ।

    सितल वनबाटिका तथा जैविक पार्कका १५ वटा विशेषता रहेको उनले बताए । पार्कमा पिकनिक पार्क, मेरो विद्यालय पार्क, बुद्ध बाटिका, झुलुंगे पुल निर्माण गरिने बताए । यस्तै बाल बाटिका, हरियाली,रमणीय फूलबारी, ध्यान योगा,धार्मिक कार्यक्रम केन्द्र,वनभोज, विवाह वर्तबन्धन केन्द्र रहनेछ । यस्तै जैविक तथा जडिबुटी अध्ययन अनुसन्धान केन्द्र, स्वीमिङ पुल तथा बोटिङ, प्राकृतिक फिटनेस केन्द्र,मिनि सभाहल,मिनि चिडियाखाना,विभिन्न संग्राहालय खेलुकद मैदान रहनेछ ।

  • ३ फाल्गुन २०८०, बिहीबार ११:४४ प्रकाशित

  • Nabintech