विपन्नलाई दुई कोठे घर बनाउँदै वाइसीएल बाँके

  • नमस्ते कर्णाली

  • कोहलपुर : वाइसीएल बाँकेले जिल्लाको जानकी गाउँपालिकामा एक विपन्न नागरिकको आवास बनाइदिने भएको छ । वाइसीएलमा आवद्ध युवा नेताहरुको सक्रियतामा विपन्न परिवारको दुई कोठे घर बनाउनु सुरु गरिएको हो । उक्त घर २९औँ जनयुद्ध दिवसको अवसरमा निर्माण सुरु गरिएको छ । वाइसीएलका जानकी गाउँपालिका इन्चार्ज विजय वर्मा लगायत वाइसीएल टिम मिलेर जानकी गाउँपालिका वडा नम्बर ३ कालिकापुर्वामा घर निर्माण सुरु गरिएको छ ।

    वाइसीएल बाँके जिल्ला इन्चार्ज सेख अलि जितले जनयुद्धको क्रममा सहिद भएका नगेस्वर रैदाशका परिवारको लागि घर बनाउन सुरु गरिएको बताए । उनका अनुसार उक्त परिवारको २ कोठा घर निर्माण गरिनेछ । सुविधासम्पन्न भवनसहित सौचालयसमेत निर्माण गरिने भएको छ । घर निर्माण गर्दा वाइसीएलका युवाहरुले आफै श्रमदान गर्नेछन् । घर निर्माण हस्तान्तरण गर्ने कार्यक्रम रहेका वाइसीएल बाँकेका इन्चार्ज जीत शेषले बताएका छन ।

    वाइसीएल बाँके जिल्ला कमिटी सदस्य लालबहादुर खड्काmे विपन्न परिवारलाई राहत होस भन्ने उद्देश्यले घर निर्माण गर्न सुरु गरिएको बताएका छन् । वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष (जीत) को नेतृत्वमा जानकी इन्चार्ज बिजय कुमार बर्मा,कोहलपुर नगर अध्यक्ष लाल बहादुर खडका, श्रम तथा रोजगार बिभाग सदस्य आर्शद अलि लगायत वाइसीएल जानकी कमिटीका युवाहरु को विशेष योगदानमा जानकी गा,पा,बडा नं ३ कालिकापुर्वा का शाहीद नगेस्वार रैदास को परिवारलाई घर बनाउने अभियान सुरु गरिएको हो ।

  • ३ फाल्गुन २०८०, बिहीबार ११:५२ प्रकाशित

  • Nabintech