हामी नेपाल द्वारा भूकम्प प्रभावित क्षेत्रका विधार्थीलाई न्यानो ज्याकेट सेट वितरण

  • नमस्ते कर्णाली

  • हामी नेपाल संस्थाले  जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका विधार्थीलाई न्यानो ज्याकेट सेट वितरण गरिएको छ ।  संस्थाको पहलमा जाजरकोट र रुकुम पश्चिमका विभिन्न विद्यालयका विधार्थीहरुलाई ५सय ७२ पिस न्यानो ज्याकेट सेट वितरण गरिएको हो। जिल्लाको रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका ७ विधालयमा अध्यनरत ५ सय ७२ विद्यार्थीलाई न्यानो ज्याकेट सेट वितरण गरिएको छ।एक माध्यमिक ,पाँच आधारभूत विद्यालय र एक बालविकास गरी ५ सय ७२जना विद्यार्थीलाई ७ दिनको अवधिमा न्यानो ज्याकेट सेट वितरण गरिएको हो। हामी नेपाल संस्थाले रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा न– १० धारीखोला अवस्थित श्री जनविकास माध्यमिक विद्यालका १६ , नलगाड नगरपालिका वडा न.–१२ बायकाँडा गाउँ अन्र्तगत रहेको श्री दलित आधारभुत विद्यालयका १२४,जिल्लाकै अति बिकट ठाँउमा पर्ने नलगाड नगरपालिका वडा नं–१ ज्ञानेचौर स्थित श्री जन आदर्श आधारभुत विद्यालयका ५०,नलगाड नगरपालिका वडा नं–७ काँडादल्लीको श्री सरस्वती प्राथमिक बिधालयका ६२, ,श्री जनप्रिय आधारभुत बिधालयका १९०,रुकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा न–७ बास्थलामा रहेको श्री हरि आधारभुत बिधालयका ८० र श्री नेटा दोखु बालविकास केन्द्रका ५० गरि कुल ५सय ७२ जना भूकम्प प्रभावित विधार्थीहरु लाई न्यानो ज्याकेट सेट वितरण गरिएको हामी नेपालका मुगु जिल्ला संयोजक अनिल बानियाँले जानकारी दिए। युवा समाजसेवी बानियाँले भने-“यो अभियान कुनै राजनीतिक आस्था र कुनै व्यापारिक स्वार्थ नभई स्वतःस्फुर्त सामाजिक सेवाको भावना र चिसोकै कारण कुनै पनि विद्यार्थी पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले न्यानो ज्याकेट वितरण गरिएको हो।” युवासमाजसेवी बानियाँ निरन्तर प्राकृतिक प्रकोप या मानवीय विपतका वेला पीडित परिवारलाई सहयोग गर्दै आएका छन । हामी नेपालले हाल सम्म जाजरकोटमा २ करोड भन्दा बढी रकम बराबरको समाग्री सहयोग गरिसकेको छ । २०८० कार्तिक १७ गते भएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा यस अघि पनि हामी नेपाल संस्थाले विभिन्न राहत सहयोग गरि सकेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको थियो। भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णपुरमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो । उक्त न्यानो ज्याकेट विवरण कार्यक्रममा सम्बधित वडाका वडाअध्यक्ष , प्रधानध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक,सुरक्षाकर्मी ,स्वास्थकमी ,अभिभावक लगायत स्थानीयहरुको उल्लासमय उपस्थिति रहेको थियो।

  • ५ फाल्गुन २०८०, शनिबार २१:१० प्रकाशित

  • Nabintech