सकियो पाँचौ कोहलपुर महोत्सव

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँकेको कोहलपुरमा माघ २५ गतेबाट सुरु भएको पाँचौ कोहलपुर महोत्सव सकिएको छ । आइतबार एक भव्य समारोहका बीच महोत्सव सम्पन्न भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको आयोजनामा माघ २५ देखि महोत्सव सुरु भएको थियो । समापन सत्रमा बोल्दै आयोजना नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जिसीले ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’ सोचेको भन्दा पनि शान्त र सफल रुपमा सम्पन्न भएको बताए । उनका अनुसार महोत्सवबाट आयोजनाले लिएको लक्ष्य भन्दा बढी सफलता प्राप्त भएको छ ।

    दशदिन सम्म सञ्चालन भएको महोत्सव शान्तपूर्वक सम्पन्न हुनु सफलताको विषय भएको बताए । कोहलपुरमा घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र निर्माणका हेतुले सुरु गरिएको भन्दै उनले अब केन्द्र निर्माणको बाटो खुलेको बताए । सुरुमा फागुन ४ गतेसम्म सञ्चालन हुने भनिएपनि महोत्सव दुईदिन थपिएको थियो । समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले महोत्सवबाट हुने आम्दानी उद्देश्य अनुरुप नै लगानी हुने विश्वास व्यक्त गरे । समापन सत्रका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख आचार्यले यस्ता महोत्सव सञ्चालन गर्दा स्थानीय सरकारले व्यक्ति र संस्था नचिन्ने भन्दै कानून र नीति अनुसार नै सामाजिक कार्यका लागि महोत्सव सञ्चालन हुने बताए ।

    महोत्सव सञ्चालनका लागि स्थानीय सरकारले एकपटक महोत्सव सञ्चालन गर्ने संस्थाले तीन वर्षसम्म सञ्चालन गर्न नपाउने नीति निर्माण गरिएको बताएका थिए । समापन सत्रको अवसरमा महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई सम्मान गरिएको थियो । यस्तै महोत्सव अवधिभरमा राखिएका कृषि स्टलहरुमध्ये उत्कृष्ट हुने कृषकहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सान्त्वना स्थाल हासिल गर्न सफल कृष्ण कठायतलाई नगद् एक हजार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै तृतीय स्थान हासिल गर्न सफल पदमकला बम, द्धितीय स्थान हासिल गरेका मोतिलाल खत्री र प्रथम स्थान हासिल गर्न सफल कर्ण बहादुर थापालाई सम्मान गरिएको हो । महोत्सवमा ३ सयदेखि ३५० सम्म स्टल राखिएको थियो ।

     

  • ७ फाल्गुन २०८०, सोमबार १२:०२ प्रकाशित

  • Nabintech