नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

  • नमस्ते कर्णाली

  • कोहलपुर  : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ बाबानगर स्थित नमुना विद्या सदन इंग्लिस मेडियम सेकेण्डरी स्कूलमा बृहत सांस्कृतिक फुट फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । स्कुलको आयोजनामा शनिबार सांस्कृतिक फुट फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । फेस्टिभलको कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानासहितका अतिथिहरुले संयुक्त रुपमा दियोमा बत्ती बालेर,विरुवामा पानी हाल्दै कार्यक्रमको उद्घाटन गरेका थिए । फेस्टिभलको अवसरमा विभिन्न जातजातीका सांस्कृतिक परिकार प्रदर्शनी गरिएको थियो । यस्तै विद्यार्थीले निर्माण गरेका विभिन्न विज्ञान सम्बन्धि कलाको प्रदर्शनी गरिएको हो ।

    विज्ञान प्रदर्शनीको रुपमा सोलार घर, फोहोर प्रशोधन गर्ने बायोग्याँस प्लान्ट,सोलारबाट सिँचाइ, अटोमेटिक स्टेट लाइट र विद्यार्थीहरुले नै ब्लड ग्रुप नापेका थिए । रगत जाँचमा उक्त विद्यालयका कक्षा ९ का छात्र लक्ष्मण बजगाई,कक्षा १० का छात्राद्धय जसोधा चौधरी आइसा डाँगीले गरेका थिए । यस्तै परिकारहरुमा नेपाली अर्गानिक खानाका परिकार, थारु समुदायमा आधारित परिकार,मगर परिकारहरु पनि लहरे राखिएको थियो ।

    पेय पदार्थदेखि चटपटेसमेत विद्यार्थी आफै बनाइरहेका थिए । उक्त कार्यक्रम विद्यालयको वार्षिक ल्यालेण्डर अनुसार गरिएको विद्यालयले जनाएको छ । यस्तै उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्यिक प्रस्तुती देखाएका थिए ।

    उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर रानाल बैज्ञानिक पद्धतिबाट बनाइएका सामाग्रीको अवलोकन गरि थोपा सिचाई प्रविधिबारे जानकारी लिन पाइएको बताए ।
    उनले रानाले कोहलपुर पिपिरी चोकदेखि गोल्छासम्म सडकमा रोपिएका बिरुवाहरुलाई जोगाई राख्न थोपा सिँचाइ प्राविधिले सधै हरियाली राख्न सकिने हुँदा उक्त प्रविधि आफुले बनाउन तत्पर रहेको हुँदा विद्यार्थीलाई के कति लागत लाग्छ बुझ्न अनुरोध गरे ।

    त्यसको लागि आफू बजेट छुट्याउन तयार रहेको बताए । उक्त अवसरमा विद्यार्थीहरुको क्षमता अनुसार निर्माण गरिएका सामग्री प्रदर्शनी र व्यवहारिक ज्ञानको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कूलका संस्थापक शिव डाँगीले बताए । उक्त अवसरमा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

     

  • ७ फाल्गुन २०८०, सोमबार १२:०६ प्रकाशित

  • Nabintech