सरस्वती सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती सामुदायिक वन उपभोक्त समूहको पद तथा गोपनियताको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाका नव नियुक्त सहायक लेखापाल कृषि थापाको पद तथा गोपनियताको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । लेखापाल थापालाई संस्थाका अध्यक्ष तथा सभाअध्यक्ष मल्लले संस्थाका नव नियुक्त लेखापाल थापालाई पद तथा गोपनियता तथा सपथ ग्रहण गराएका थिए ।


    उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले आफ्नो क्षमता अनुसार संस्थाको हित हुने गरी काम गर्न निर्देशन दिए । उक्त अवसरमा उनले संस्थामा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए । पद तथा गोपनियताको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रममा पद पूर्ति समितिका विषय विज्ञ खगराज पन्न प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पन्तले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।


    यस्तै उनले लेखापालले कुशलतापूर्वक आफ्नो जिम्मेवारी गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । यस्तै सल्लाहकार संयोजक उमानन्द उपाध्यायले सामुदायिक वनलाई उपभोक्ता मैत्री बनाउन आवश्यक रहेको बताए । उनले समूहमार्फत रोजगारीसमेत सिर्जना भइरहेकोले आगामी दिनमा थप शसक्त रुपमा सामदायिक वनलाई लैजानपनि उपाध्यायले सुझाव दिएका छन् ।

    उक्त अवसरमा स्वागत मन्तव्य समूहका उपाध्यक्ष तीर्थबहादुर थापाले राखेका थिए । कोहलपुर क्षेत्रकै नमुना सामुदायिक वनको रुपमा रहेको सरस्वतीलाई सबैको साथ र सहयोगबाट थप क्रियाशील बनाउने अपेक्षा राखिएको उनले बताए । उक्त अवसरमा संस्थाका अध्यक्ष उपाध्यक्षसहित सह सचिव धनबहादुर पाण्डे, कोषाध्यक्ष सविना गिरी, सह कोषाध्यक्ष तथा जनप्रतिनिधि रत्नमाया उपाध्यायको उपस्थिति रहेको थियो ।

    यस्तै सल्लाहकार संयोजक उपाध्यायसहित सदस्यहरु गौरीकान्त आचार्य,विश्वेश्वर उपाध्यायको पनि सहभागिता रहेको थियो । यसैगरी पदपूर्ति उपसमितिका सदस्यहरु सदस्य सचिव तुल्सी शाही रतन बहादुर बुढा र रामकृष्ण पाण्डेको उपस्थिति रहेको थियो । संस्थाले यसअघि समूहका लागि सहायक लेखापाल आवश्यक रहेको भन्दै एक महिने सूचना निकालेको थियो ।

  • ७ फाल्गुन २०८०, सोमबार १४:१९ प्रकाशित

  • Nabintech