मुगु जिल्लामा फागुन २४ गते देखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने

  • सनत हमाल

  • मुगु मुगु जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको

    जिल्ला स्वास्थ्ये सेवा कार्यलय मुगुका अनुसार मुगु जिल्लाका चार वटै स्थानियतह जसमा छायानाथ रारा नगगर पालिका,खत्याड गाउपालीका,सोरु गाउपालीका,मुगुम् कार्मारोङ्ग गाउपालीकामा फागुन २४ गते देखि चैत्रगतेसम्म नौ महिनादेखि वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको  खोपअभियान सञ्चालन हुन लागेको हो

    खोप अभियान सञ्चालनमा जिल्ला भरिका नौ महिना देखि माथि र ५ बर्ष भन्दा मुनीका ७ हजार ९५१ जना बालबालिका लाई खोप लगाउने लक्ष लिईयको जिल्ला स्वास्थ्ये सेवा कार्यलय मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताए।

    जिल्ला समन्वय प्रमुख मन्जन कार्किको संयोजकमा जिल्ला खोप समन्वय समिती गठन समेत गरियको छ। खोप अभियान सञ्चालनका लागि स्वयंसेवक दक्ष स्वास्थ्यकर्मीलाई परिचालन गरिने नेपालीले बताए।

  • १० फाल्गुन २०८०, बिहीबार १२:५९ प्रकाशित

  • Nabintech