कोहलपुरको किरणनालामा यात्रुबाहक म्याजिक दुर्घटना

  • नमस्ते कर्णाली

  • कोहलपुर :  बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ किरणनालामा म्याजिक दुर्घटना भएको छ ।

    कोहलपुरबाट मदनचोकतर्फ गइरहेको भे १ ज १२०७ नम्बरको म्याजिक दुर्घटनामा परेको हो ।

    म्याजिकले पैदलयात्रीलाई ठक्कर दिएको छ । म्याजिक बाटो भन्दा तलको खुल्ला जमिनमा पल्टिएको छ । म्याजिकमा सवारको उद्धार भइरहेको छ ।

    प्रहरीले घाइतेहरुको उद्धार गरिरहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

  • १३ फाल्गुन २०८०, आईतवार १५:५६ प्रकाशित

  • Nabintech