किर्तिमानी कवरद्वारा लिखित कोरियन भाषाको शब्दकोश विमोचन

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोरियन भाषा प्रशिक्षक भोपेन्द्र कवरद्वारा लिखित कोरियन भाषाको पुस्तक विमोचन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कवरद्वारा लिखित मेरो कोरियन साथी शब्दकोश पुस्तक विमोचन गरिएको हो । उक्त शब्दकोशको एविसी एजुकेसन सेन्टर सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक रामकृष्ण चौधरीले विमोचन गरेका हुन् । उक्त अवसरमा बोल्दै चौधरी शब्दकोश निकै उपयोगी रहेको बताए ।

    वैदेशिक रोजगारको गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया जानका लागि भाषा अध्ययनमा शब्दकोश निकै उपयोगी र सरल रहेको चौधरीले बताएका छन् । ‘यो पुस्तक बाँकेमै पहिलोपटक प्रकाशन गरिएको हो । विद्यार्थीको लागि निकै उपयोगी रहेको छ । यसले विद्यार्थीलाई भाषा पढ्न निकै उपयोगी हुने अपेक्षा छ’ उनले भने

    लेखक कवर २२ हजार भन्दा बढी कोरियन शब्दहरू कण्ठस्थ गरेर बाँके जिल्लामै कृतिमान राख्न सफल भएका व्यक्ति हुन् । उनी लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहदै आएका छन् । अंगे्रजी विषयमा डिग्री हासिल गरेका कवरसँग ९ वर्ष विभिन्न शैक्षिक संस्थामा शिक्षण गरेको अनुभव छ । उनका आधा दर्जन बढी पुस्तक प्रकाशित छन् । उनका बेशिक कोरियन बुक, सरल अंगे्रजी भाषा बेशिक, सरल अंग्रेजी भाषा, सरल उद्घोषण कला, गजल संग्रह प्रकाशित रहेका छन् ।

    उनले,अंग्रेजी,नेपाली र कोरियन भाषाका किताबहरु अनुबाद गर्दै आएका छन् । उक्त अवसरमा बोल्दै कोरियन भाषा प्रशिक्षक समेत रहेका कवरले कोरिया जानको लागि भाषा अध्ययन गर्ने विद्यार्थीहरुको लागि सरल हुने अपेक्षा राखेको बताए । एमबिडि कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक मोहन खड्काले कार्यक्रम सञ्चालन गरेका थिए । प्रसिद्ध एब्रोड स्टडि कन्सल्टेन्सीका सञ्चालक एसबि बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

  • १७ फाल्गुन २०८०, बिहीबार २०:२६ प्रकाशित

  • Nabintech