कर्णालीमा बढ्दैछ फुटबल क्रेज

सुर्खेतका रोहित चन्द,जुम्लाका सन्तोष खत्रीदेखि हुम्लाकी दिपा शाहीसम्म राष्ट्रिय टिममा


  • नमस्ते कर्णाली

  • कोहलपुर ः सुर्खेतका रोहित चन्द नेपाली पुरुष राष्ट्रिय टिमका नियमित सदस्य हुन् । उनी एक दशकदेखि नियमित राष्ट्रिय टिममा रहेर फुटबल खेलिरहेका छन् । उनी नेपाली टिमका अनुभवी र महत्वपूर्ण सदस्यसमेत हुन् । कर्णालीबाट राष्ट्रिय टोलीमा पुग्ने उनी पहिलो कर्णालीबासी हुन् । उनीपछि कर्णालीले राष्ट्रिय टोलीमा स्थान बनाउन एक दशक नै कुर्नुप¥यो । हाल जुम्लाका सन्तोष खत्रीले राष्ट्रिय टिममा प्रवेश पाएका छन् । हालै एक चिनियाँ टोलीसँगको मैत्रीपूर्ण खेलमा खत्रीले राष्ट्रिय टिमबाट डेब्यु गरे । उनी सिनियर टिमको क्लोज क्याम्पमा समेत परेका थिए । उनी नेपाली फुटबलको नयाँ र भरपर्दा मिड फिल्डरको रुपमा उदाउँदैछन् । जुम्लामा जन्मिएका खत्रीले सडक बालकदेखि राष्ट्रिय टिमबाट स्थान बनाउन निकै संघर्ष गर्नुप¥यो । उनले एक डिभिजन लिग र एनएसएलसमेत खेलेका छन् । यस्तै नेपालको राष्ट्रिय महिला टिममा हुम्लाकी दिपा शाही महत्वपूर्ण सदस्य हुन् । उनी पनि मिडफिल्डमा खेल्छिन् । हुम्लाको दुर्गममा गाउँमा जन्मिएकी शाही महिला टिमकी नियमित सदस्य हुन् । बिहीबार साउदी अरबमा सम्पन्न वाफको फाइनलमा जोर्डनविरुद्ध दर्शनीय प्रदर्शन गरिन् । उनी महिला राष्ट्रिय टिममा स्थान बनाउने कर्णालीकी पहिलो महिलासमेत हुन् । विपन्न परिवारमा जन्मिएर उनले खेल कौशलका माध्यमबाट कर्णालीलाई चिनाएकी छन् । यस्तै,कर्णालीका विभिन्न जिल्लाबाट ए डिभिजन लिग धेरै खेलाडीले खेलेका छन् । हुम्ला र जुम्ला र सुर्खेतसहितका जिल्लाका खेलाडीहरुले डिभिजन लिग खेल्दै आएका छन् । यस्तै कर्णालीका धेरै खेलाडीले राष्ट्रियस्तरमा विभिन्न समुह चरणका प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएका छन् । पछिल्लो समय कर्णालीमा फुटबलप्रतिको मोह बढ्दो क्रममा रहेको छ ।
    विश्वमा सबैभन्दा बढी खेलिने र हेरिने खेल हो, फुटबल । फुटबल अझै लोकप्रिय बन्दैछ । नेपालको सन्दर्भमा पनि हेर्ने हो भने फुटबलप्रतिको मोह बढ्दो क्रममा छ । नेपालको फुटबल पनि विकास हुने क्रममा रहेको छ । नेपालमा पुरुष फुटबल विकास भएको शताब्दी यात्रातिर लाग्दैछ । महिला फुटबलको विकास भएको पनि तीन दशक पुगेर चार दशकतिर लाग्दैछ । सदियौदेखि केन्द्रिकृत शासन प्रणालीको चेपुवामा परेको कर्णाली खेलकुदमा समेत पछि पारियो । अहिलेपनि कर्णाली अन्य प्रदेशको तुलनामा फुटबलमा पछि पर्दै आएको छ । तर,पछिल्लो समयमा कर्णालीमा फुटबल प्रतिको क्रेज लोभलाग्दो रुपमा बढिरहेको छ । हरेक जिल्लामा जिल्ला फुटबल सघं र एन्फाका जिल्ला शाखा रहेका छन् । ती शाखामार्फत कर्णालीको फुटबलले गति लिदैछ ।अनेक समस्या र सम्भावनाका बीच कर्णालीले दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रदेश राजधानी सुर्खेतमा भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । आगामी वर्ष कर्णालीमा हुने प्रतियोगिताले कर्णालीको समग्र खेलकुदको परिभाषा नै बदल्ने अपेक्षा छ । अर्कातिर जिल्ला जिल्लामा विभिन्न प्रतियोगिताले समेत तिव्रता पाएका छन् । जिल्लाहरुमा हुने कप र लिग लगायतका प्रतियोगिताले खेलाडी उत्पादनमा मात्रै भूमिका खेलेको छैन । स्थानीयहरुमा फुटबलप्रतिको के्रेजसमेत बढ्दो क्रममा रहेको छ । हरेक वर्ष जिल्लास्तरमा हुने प्रतियोगिताहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति त्यसको प्रमाण हो ।
    प्रदेश स्तरीय फुटबल ः जुम्लाले जित्यो उपाधि
    जुम्ला । जुम्लामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार भएको फाइनल खेलमा हुम्लालाई पराजित गर्दै जुम्ला विजयी भएको छ । जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार चन्दननाथ रंगशालाम भएको फाइनल खेलमा हुम्लालाई चार गोल अन्तरले पराजित गर्दै जुम्लाले उपाधि जितेको हो । फाइनलमा हुम्लामाथि हाबी भएको जुम्लाका रुविन भण्डारीले ह्याट्रिक नै गरे । भण्डारीको उत्कृष्ट प्रदर्शनका कारण जुम्लाले उपाधि जित्न सफल भएको हो । यस्तै जुम्लाका महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा १ गोल गरे । भण्डारीले जारी प्रतियोगितामा ४ गोल गरेका हुन् । उनी सर्वाधिक गोलगर्दासमेत बने । छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन् । हार व्यवहोर्दै हुम्ला उपविजेता बनेको छ । खेलको अन्तिम समय सम्मपनि गोल फर्काउन नसक्दा हुम्लाले उपविजेतामै चित्त बुझाएको हो । निकै कडा खेल प्रर्दशन गर्दा पनि हुम्लाले गोल नर्फकाउन सकेन् । उपाधि जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप,मेडल प्रमाण पत्र पाएको छ । भने विजेता जिल्ला जुम्लाबाट आगामी दशौ राष्ट्यि खेलकुद प्रतियोगितामा धेरै खेलाडी छनोट हुने आशा गरिएको छ ।

    ह्याट्रिक कर्ता रुविन भण्डारीले घरेलु मैदानमा उपाधि जित्दा खुसी व्यक्त गरे । राष्ट्यि खेलमा पनि जुम्लाले उत्कृष्ट प्रर्दशन गर्ने उल्लेख गरे । प्रतियोगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई,देवेन्द्र बहादुर शाही,प्रमुख जिल्ला अधिकारीले प्रमाणपत्र,मेडल र टफ्रि हस्तान्तरण गरेका छन । प्रदेशस्तरीय फुटबलमा कर्णालीका १० जिल्लामध्य ६ जिल्ला सहभागी थिए ।

  • १९ फाल्गुन २०८०, शनिबार १२:२८ प्रकाशित

  • Nabintech