बालबालिकासँग छायाँनाथ राराका नगरप्रमुख

  • नमस्ते कर्णाली

  • मुगु जिल्लाको एकमात्र नगरपालिका हो, छायाँनाथ रारा नगरपालिका । जिल्लाको एकमात्र नगरपालिकाको रुपमा रहेको छायाँनाथले बालबालिकामात्रै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । छायाँनाथ राराका युवा नगरप्रमुख विष्णु कुमार भामले लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जो आफै बिरामी बोक्छन् । विशेष सरसफाई अभियानसमेत सञ्चालन गरिरहेका छन्, बामले । उनी विपन्न तथा जेहोन्दार विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् । उनले नगरपालिकाभरी सात सय भन्दा बढी गरिब, दलित र असहायको अध्ययनको जिम्मा लिएका छन् । उनले अभियान अन्तर्गत विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्दै आएका छन् । यस्तै छायाँनाग राराका नगरप्रमुख भामले सुरु गरेको कार्यक्रम हो, ‘नगरप्रमुखसँग बालबालिका’ ।
    उनी सो कार्यक्रम अन्तर्गत हरेक महिना बालबालिकाहरुलाई भेट्ने गर्छन् । सोही कार्यक्रम अन्तर्गत नगर प्रमुख र उपप्रमुखले विद्यार्थीहरुसँग बिताएका छन् । नगरप्रमुखसँग बालबालिका कार्यक्रम अन्तर्गत उनीहरुले छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ मा रहेका विभिन्न विद्यालयमा पुगे । कार्यक्रम अन्तर्गत वडा नम्बर १२ का चार वटा विद्यालयमा पुगेर बालबालिकाहरुसँग अन्र्तरक्रिया गरिएको नगरप्रमुख भामले बताए । उनका अनुसार चार विद्यालयमा पुगेर विद्यार्थीहरुका समस्याका विषयमा पनि छलफल गरिएको बताए ।
    उक्त अवसरमा ४ वटा विद्यालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिरहेको छ । उनीहरुको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री र स्टेशनरी वितरण गरिएको हो ।‘नगरप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ । सोही अनुसार वडा नम्बर १२ का विद्यालयमा पुगेका थियौं । स्टेशनरी समेत वितरण गरेका छौं । कार्यक्रम निरन्तर सञ्चालन हुनेछ,’ नगरप्रमुख भामले भने । उनले बालबालिकामैत्री शैक्षिक संस्था निर्माणका लागि पहल गरिरहेको बताए । छायाँनाथ रारा नगरपालिका क्षेत्रको शिक्षा विकासको प्रयाससमेत थालिएको नगरपालिकाले जनाएको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार ०८:१६ प्रकाशित

  • Nabintech