PASS समुहका युवाहरुद्वारा छांयानाथ रारा नगरपालिकाका वडाहरु भ्रमण

  • सनत हमाल

  • PASS समुहका युवाहरुद्वारा छांयानाथ रारा नगरपालिकाका बिभिन्न वडाहरु भ्रमण गरियको छ।

    स्कुल लाईफ इन नेपाल डेनमार्ग को आर्थिक सहयोग सिडिएसपार्क मुगु को आयोजनामा छांयानाथ रारा नगरपालिकाका  वडा नं १०,१३ र १४ वडा कार्यलय भ्रमण र सोहि वडाका जनप्रतिनिधिहरु संग अन्तरकृया तथा छलफल गरेका छन।

    भ्रमण अन्तरकृया तथा छलफल का क्रममा वडा कार्यालयको कामहरु कसरि संचालन भहिरहेका छन,वडा कार्यालयको ब्यवस्थापन,समुदायमा कस्तो भुमिका बहन गर्ने बारे छलफल र वडाहरु ले हाल सम्म युवा लक्षित कार्यक्रम भय नभयको भन्ने बारेमा छलफल भयको पास परियोजना काकार्यक्रम संयोजक मोहन शाहीले बताय।

    अब आउने आर्थिक बर्षमा युवालक्षित कार्यक्रम गर्ने र बजेट समेत वडा अन्तरगत युवालक्षित कार्यक्रमका लागि रकम  बिनियोजन गर्ने वडा अध्यक्ष हरुले भ्रमणमा रहेका पास समुहका युवाहरुलाई प्रतिबद्धता समेत  गराय।

    पछिलो समय युवाहरुमा वडा कार्यलयहरु कसरि संचालन भहिरहेका छन भन्ने बारे र समुदायमा हुने प्रत्यक कामको चिन्ता र चासो हराउदै गयकाले PASS समुहका युवाहरु लाई वडा कार्यलय भ्रमण छलफल तथा अन्तरकृया कार्यक्रम राखेको सिडिएस-पार्क मुगुका कार्यकारि निर्देशक अज बहादुर शाहिले बताय।

  • २ चैत्र २०८०, शुक्रबार ०६:३२ प्रकाशित

  • Nabintech