बौद्ध शिक्षाको पढाइ अब मुगु मै

  • सनत हमाल

  • मुगु जिल्लाको पु्र्बी  मुगुम कार्मारोङ गाउँपालिका वडा  नं – ३  चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुनेभएको छ ।

    मुगु जिल्लामा  हाल सम्म सरकारी  निकाय, स्थानिय तह बाट  बौद्ध  शिक्षाको पढाईको लागि कुनै पहलनभए पछि  निजी लगानीमा  आधारभुत तह सम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । 

    बौद्ध शिक्षा पढ्नको लागि  मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू बर्षेनी ५० देखि १ सयजना सम्म काठमाडौं  र भारत  जाने गर्दछन् । 

    रिम्बोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा गुम्बानिर्माण भएको र यहि ओर्गेन डोढुल लिङ गुम्वामा  पुजा ,आजा र  बौद्ध शिक्षा पढाइ हुने गुम्वाका अध्यक्षखेम्बो कार्मा राप्केले बताउनु भयो। 

    नयाँ गुम्वाको निर्माण कार्य  पूरा भएपछि  छोङ्ढुप पुजाको कार्यक्रममा  बिधिवत रूपमा गुम्वा उद्घाटनगरिएको छ ।  नव निर्मित गुम्वाको लागत भने गोप्य राखिएको  छ ।

    जिल्ला बाहिर गएर  बौद्ध शिक्षा लिनु पर्ने बाध्यात्मक अवस्था भए पनि अव देखी  आप्नै ठाउँमा  बौद्ध शिक्षा  शुरू हुने भएपछि स्थानिय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।

    अब हाम्रो  बालबालिकाहरू हाम्रै  ठाउँबाट  बौद्ध पढाइ हुने भएकोमा हामी खुशी छौ। अब काठणमाण्डौ, भारत जानू पर्ने बाध्यता छैन ।  वडा नं – ४ कार्तिक गाउँका  दाक्पा तामाङ्ले बताउनु भयो। अबहामीहरूको लागि धेरै सहज भयो देवता, लामाको पुजा, आजा, र प्राथाना गर्न समेत सहज भएको तामाङले बताउनु भयो ।

  • २ चैत्र २०८०, शुक्रबार १२:११ प्रकाशित

  • Nabintech