हुम्लाकाे अदानचुलिमा बोलेरो जीप दुर्घटना हुँदा २ को मृत्यु ६ जना घाइते

  • नमस्ते कर्णाली

  • हुम्लामा शनिबार बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ओदानचुली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

    उनका अनुसार गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते हुनेहरुको भने परिचय खुलेको छैन ।साे गाडि अदानचुुलि १ निवासी धनमल महताराकाे रहेकाे जनाएको छ ।

  • १० चैत्र २०८०, शनिबार १७:१७ प्रकाशित

  • Nabintech