सिडिएस-पार्क संस्थामा लामाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • सनत हमाल

  • मुगु कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क )संस्थामा सर्वसम्मत रूपमा नयाँकार्यसमिति चयन गरिएको छ। १८ औ बार्षिक साधरण सभा तथा छैटौ अधिवेशनले पुष्पा लामाको नेतृत्वमा नयाँ कार्य समिति गठन गरियको छ।

    हिमाली जिल्ला मुगुमा बिगत लामो समय देखि काम गर्दै आयको समुदाय स्तरमा बाल बिवाह, अपाङ्ग,महिला बालबालिका तथा युवा लगायत बिभिन्न क्षेत्रमा काम गर्दै आएकोसंस्थाको बिधानका आधारमा युवा नेतृत्वको संस्था भयकाले युवा लक्षीत कार्यसमिती हुनु पर्ने भयकाले १८ बर्ष पुरा भई ३० बर्ष ननाघेको कार्यसमिति हुनुपर्ने छ। त्यसै अनुरुप युवा नेतृत्वको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क ) संस्थामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। 

    उक्त सभाका प्रमुख अथिती जिल्ला समन्वय समिती प्रमुख मन्जन बहादुर कार्कि, बिषेश अथिति छांयानाथ रारा नगर पालिका नगर उप प्रमुख ऐश्वर्य मल्ल लगायत अथितीहरु मा बिभिन्न सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधी उपस्थिती रहेका थिय।

    संस्थाका कार्यकारी निर्देशक अज बहादुर शाहीले अधिवेशनबाट लामाको अध्यक्षतामासदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको बताए।

    जसअनुसार अध्यक्षमा पुष्पा लामा चयन भएकछन् भने उपाध्यक्षमा पासाङ्ग तुन्डुप लामा, कोषाध्यक्षमासुबास रावल, सचिवमा अर्जुन बहादुर शाही, सदस्यमा लाल बहादुर शाही,सबिना मल्ल,अमर बहादुर कामी,मनवुजा बुढा,लैमा लावड छन्।

    लगतै पुरानो कार्यसमितिलाई बिधाई तथा नया कार्यसमितिलाई स्वागत गरि आगामि आउने ३ बर्षेमा संस्था लाई कसरि अझ अब्बल बनाउने भन्ने बिषयमा प्रशिक्षक सन्तोष भण्डारीको सहजिकरणमा नयाँ कार्यसमिति लगायत,साधरण सदस्य,आजिबन सदस्य,संस्था का कर्मचारि गरि ५५ जना लगायतको ३ दिने उपस्थितिमा  संस्था को रणनितीक कार्ययोजना तयार समेत पारेका छन।

  • १२ चैत्र २०८०, सोमबार २१:३९ प्रकाशित

  • Nabintech