वृद्धि विकासमा ध्यान नदिएको भन्दै आन्दोलित हुने प्राध्यापकहरुको चेतावनी

  • सनत हमाल

  • मध्य पश्चिम विश्व विधालयबाट सम्वन्धन प्राप्त देशभरीका विभिन्न जिल्लाहरुका क्याम्पसहरुमा कार्यरतप्राध्यापकहरुले आफुहरुको वृती विकासमा विश्व विधालयले ध्यान नदिएको भन्दै प्रेस विज्ञप्ति मार्फतआन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका छन

    रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापती हिरा बोहोरा द्वारा हस्ताक्षरित आइतवार जारी गरिएकोविज्ञप्तिमा भनिएको विश्व विधालयको आठौ सिनेटले पास गरि कार्यान्वयनमा ल्याएको नियमावलिमामातहतका क्याम्पसमा कार्यरत आंशिक तथा करार प्रध्यापकहरुको वृती विकासका लागि आन्तरिकप्रतिष्प्रधा गराइ स्थायी गरिने दुर्गम,पिछडिएका जिल्लाहरुमा कार्यरत प्राध्यापकहरुलाइ राज्यले दिएकोदुर्गम भत्ता दिने प्रावधान भएपनी लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरुलाइ यीसुविधा नदिएकाले हामी अन्तिम आन्दोलन गर्न बाध्य हुने छौ

    पटक पटक क्यापस प्रशासन एमयुलाई यस विषयमा मौखिक तथा लिखित ध्यानाकर्षण गर्दा आश्वासनमात्र दिने गरेको विज्ञप्तिमा आरोप लगाइएको

    मध्यपश्चिम विश्व विधालयको आगामी बस्ने सिनेटको बैठकले लोड पुगेका आंशिक प्राध्यापकलाई करार, समायोजनका बेला   अस्थायिमा रहेका प्राध्यापकहरु अन्य करार प्राध्यापकहरुलाइ विशेष आन्तरिकबाटस्थायी,घटुवामा परेका प्राध्यापकहरुलाइ सोही पदमा पुनर्वहाली समय पुगेकाहरुलाइ बढुवा प्रक्रियालैजाने गरि सम्बोधन गर्न पनि माग गरिएको

    आफ्ना मागहरु प्रती नजर अन्दाज गरि सम्बोधन नगरिएमा सिनेट पश्चात् आन्दोलनका कार्यक्रमहरु घोषणागरि पेशागत वृद्धि विकासका लागि कडा भन्दा कडा आन्दोलन गर्ने यो आन्दोलनमा एक्यवद्धता जनाउनसंघ, सस्था, विद्यार्थी समाजसेवी, पत्रकार, शिक्षाप्रेमी,वुद्धिजिवीलाई प्रध्यापकहरुले  आव्हान गरेका  छन

    देशभरी  मध्यपश्चिम विश्व विधालयबाट सम्वन्धन पाएका १० वटा क्याम्पसहरु रहेका छन

    मुगु स्थित रारा बहुमुखी क्याम्पस बाके स्थित वागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरुलेआइतबार   विज्ञप्ती निकाले पनि अन्य क्याम्पसका प्राध्यापक संघहरुले क्रमश विज्ञप्ति सार्जजनिक गर्नेरारा क्याम्पसमा कार्यरत प्राध्यापक हिरा बोहोरले जानकारी गराउनुभयो

  • १८ चैत्र २०८०, आईतवार १७:५८ प्रकाशित

  • Nabintech