जिल्ला भरी ९५ वटा सामुदायिक वन मध्य ४७ वटा सामुदायिक वन नविकरणनै छैनन्

  • सनत हमाल

  • हिमाली जिल्ला मुगुमा ४७ वटा सामुदायिक वन नविकरण बिनै कार्य सञ्चालनमा रहेका पाईएका छन मुगुजिल्ला भरी ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तण भएका भएपनी ४७ वटा सामुदायिक वननविकरण बिना कार्य सञ्चालनमा रहेका पाईएको हुन

    २०५२ साल देखि विभिन्न मितिमा साविकको जिल्ला वन कार्यालय मुगु डिभिजन कार्यालय बाट ९५ वटासामुदायिक वन समुदायमा हस्तान्तण भएका भएपनी ४८ वटा मात्रै नविकरण भएर कार्य सञ्चालनमा छनभने ४७ वटा सामुदायिक वन विना नविकरण अवैध रुपमा सञ्चालनमा रहेका छन

    छायाँनाथ रारा नगरपालिका भित्र ३३ वटा सामुदायिक वन छन भने २४ वटा नविकरण भएका छैनन् मुगुमकामारोङ्ग गाउँपालिका भित्र १३ वटा सामुदायिक वन भएका भएपनी वटा नविकरण भएका छैनन्

    खत्याड गाउँपालिका भित्र ३२ वटा सामुदायिक वन भएका भएपनी १० वटा नविकरण भएका छैनन उतासोरुगाउँपालिका भित्र १७ वटा सामुदायिक वन भएका भएपनी अझै वटा नविकरण भएका छैनन्

    सम्रगमा जिल्लाभरी ९५ वटा सामुदायिक वन भएका भएपनी ४७ वटा सामुदायिक वन नविकरण विना अवैधरुपमा कार्य सञ्चालनमा छन भने ४८ वटा सामुदायिक वन मात्रै बैधानिक रुपमा नविकरण भएर सञ्चालनमारहेका डिभिजन कार्यालय मुगुले जनाएको

    मुगु जिल्ला भरी लाख हजार सय ८९ हेक्टर वन क्षेत्रले ढाकेको जस मध्ये १० हजार सय ४०.हेक्टर सामुदायिक वन क्षेत्रले ढाकेको   भने कबुलियति वन सय १८.७५ हेक्टर रहेको मुगुमा रहेकाअधिकांस सामुदायिक वन २० बर्ष देखि नविकरण भएका छैनन् सामुदायिक वन नविकरणको समय पाँचबर्षको हुन्छ यो आर्थिक बर्षमा मात्र १० वटा सामुदायिक वनको नविकरण भएका छन ४७ वटासामुदायिक वन अझै नविकरण हुन नसकेका सव डिभिज कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसादसाहले बताए

    उनका अनुसार समुदायिक वन नविकरण नहँुनुमा समुदायमा जनचेतनाको अभाव, सिमा विवाद लगायतकासमस्याले सामुदायिक वन नविकरण हुन सकेका छैन सामुदायिक वन नविकरणको लागि सामुदायिक वनउपभोक्ता महासंघ फेकोफनले सहजिकरण गर्नु पर्ने भएको भएपनी मुगुमा फेकोफनको बेबास्थाका कारणपनी समस्या भएको कार्यालय प्रमुख साहाले बताए

    सामुदायिक वन नविकरण विनै कार्य सञ्चालन जतिपनी भएका छन त्यो सबै अवैध मानिन्छ समुदायमाहस्तान्तण भएका तर लामो समय देखि नविकरण नभएका वन राष्ट्रिय वन सरह हुने कार्यालय प्रमुख साहालेबताए

    यसै बिच मुगुमा २९ वटा कवुलियती वन छन तर ति वन कुन अबस्थामा छन अतोपत्तो छैन सव डिभिजनकार्यालयमा कबुलियती वनको कुनै तथ्याङ्ग नुहँदा कबुलियती वन २९ वटा छन भन्ने तर कुन अबस्थामाछन कार्यालय बेखबर कारण पुराना दस्तावेज नहुदाँ कबुलियति वनको अबस्थाका बारेमा अनविज्ञरहेको कार्यालय प्रमुख शाहले जानकारी दिए

  • २० चैत्र २०८०, मंगलवार ०६:१८ प्रकाशित

  • Nabintech