नयाँ बिद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण स्थानीयबासी खुशी

  • सनत हमाल

  • मुगु :मुगुको सोरु गाँउपालिका तली कालैमा नवनिर्मित पक्कि बिद्यालय भवन प्रसुति केन्द्र भवनहस्तान्तरण गरिए संगै स्थानीय खुशी भयका छन।

    एक गैर सरकारी संस्थाको आर्थिक सहयोगमा सोरु गाँउपालिका तलि कालैमा नवनिर्मित पक्कि दुईतले चार चार कोठे बिद्यालय प्रसुति केन्द्रका भवन हस्तान्तरण गरिएको हो

    ब्याक टु लाईभ ईभि नेपालको आर्थिक सहयोग तथा कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) कोसाझेदारीमा उक्त गाँउपालिकाको तलि कालैको श्री मष्टा आधारभुत बिद्यालयमा ६२ लाख ८४ हजार सय७५ रुपैया सोही गाँउमा ५३ लाख १० हजार ९९ रुपैया लागतमा निमार्ण भएका प्रसुति केन्द्रको  भवन सोरुगाँउपालिकालाई हस्तान्तरण गरिएको (केसिडिसी ) मुगुका अध्यक्ष संगीता मल्ल शाहीले जानकारी दिएकीहुन

    बिद्यालयको भवन फर्निचर अभावले खुल्ला चौरमा बिद्यार्थीको पठ्नपाठन भईरहेको थियो अहिले चारकोठे अपाङ्गमैत्रि पक्कि भवन  फर्निचरका साथै सौचालय निमार्ण भएको भवन अभावकै कारणबिद्यार्थीको पढाई खुल्ला चौरमा गर्ने बाध्यता हटेको भवन निमार्ण भएपछी बिद्यार्थीहरुको पढाईकक्षाबाटै हुने भएपछी ठुलो राहतको महसुस भएको श्री मष्टा आधारभुत  बिद्यालयका ब्यवस्थापनसमितिका अध्यक्ष भानुभक्त चौलागाई बताए।

    प्रसुति केन्द्र भवन:

    दुई कोठे जिर्ण भवनबाट प्रसुति सेवा प्रबाह हुदै आएको प्रसुति केन्द्र नजिक दुई तले पक्कि प्रसुति केन्द्रकोभवन निमार्ण हुदा यहाँका गर्ववति महिलाहरु हर्षित भएका छन। साघुरो अप्रायप्त पुरानो दुई कोठे भवनबाटप्रसुति सेवा प्राबाह भएको भएपनी भवन अभावका कारण सहजै छिटो छरितो सेवा हुन सकेको थिएन ५३लाख १० हजार ९९ रुपैया लागतमा निमार्ण भएका प्रसुति केन्द्रको  अहिले पक्कि भवन प्रसुति गराउने सबैखालका औजार उपकरण समेत उपलब्ध भएपछी प्रसुति सेवा छिटो छरितो हुने उक्त प्रसुती केन्द्रकी ईन्चार्जकमला रावतले बताईन

      दुई कोठे भवनबाट प्रसुति सेवा लिदै आएकी यहाँका महिलाहरुले भवन अभावका कारण भने जस्तो सेवानपाएको बताउदै आएकी छिन अहिले नया भवन निर्माण भएपछी सहजैरुपमा प्रसुति सेवा लिन पाउनेभएपछी हर्षित भएको कालै गाँउकी दिलमाया चौलागाईले बताईन   पुरानो प्रसुति केन्द्रमा सुत्केरी भएकीकालै गाँउकी ललिता संञ्याले बताईन   पुरानो भवन अहिलेको भवन जस्तो छैन साँघुरो   आबश्यकअनुसारका कोठा थिएनन दुईकोठाबाट  सेवा गर्ववति महिलाहरुले लिदै आएका थिए नयाँ भवनकाप्रायप्त कोठा छन फरक फरक कोठाबाट सेवा हुने भएको सुनेपछी यहाँका महिला हर्षित भएको बताईन

  • २२ चैत्र २०८०, बिहीबार १२:५५ प्रकाशित

  • Nabintech