जुम्ली एकता सेवा समाज बाँकेको अध्यक्षमा आचार्य चयन

  • नमस्ते कर्णाली

  • जुम्ली एकता सेवा समाज बाँके गठन गरिएको छ । कोहलपुरमा सम्पन्न भएको भेलाबाट समाजको गठन गरिएको हो । भेलाबाट गौरीकान्त आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ । यस्तै ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको हो ।


    समितिको उपाध्यक्षमा उमेश काप्ले त्यस्तैगरी सचिबमा धन बहादुर बुढा , कोषाध्यक्ष लक्ष्मी नारायण न्यौपाने, सह सचिब टिका कुमारी महत शाही, रहेका छन् । त्यस्तै सदस्यहरुमा विर बहादुर बुढा, निर्मला हमाल,रतिकृष्ण चौलागाई,मुनीराम सार्की,आकासी धिताल,मौसमी पाण्डे अधिकारी चयन भएका छन् ।


    यस्तैगरी सल्लाहकारमा ई.मुन बहादुर खड्का,मन प्रसाद आचार्य,नरेन्द्रनाथ योगी,नरेन्द्र न्यौपाने,गोबिन्द प्रसाद पाण्डे,टेक बहादुर बोहरा,हरी थापा,देवि बहादुर भण्डारी,इ.तिर्थ प्रसाद श्रेष्ठ,दत्त प्रसाद आर्चाय,गंगा महतलाई चयन गरेको उपाअध्यक्ष उमेश काफ्लेले नमस्ते कर्णाली रास्ट्रिय दैनिकलाई जानकारी दिए ।


    जुम्ली एकता सेवा समाज बाँकेले जुम्लीबासीको बीच एकता, सद्भाव आपसी हित, अधिकार, समानता, न्याय र पहिचानको संरक्षण एंव सम्बद्घन गर्ने उद्घेश्यले समाज गठन गरिएको जुम्ली एकता सेवा समाज बाँकेका अध्यक्ष गौरीकान्त आचार्यले जानकारी दिए । कोहलपुरमा करिब ५०० जनाको उपस्थितिमा सो समिति गठन गरिएको हो ।

  • ३० चैत्र २०८०, शुक्रबार २१:११ प्रकाशित

  • Nabintech