विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा

  • सनत हमाल

  •  

    मुगु बैशाख ५ गते,
    नेपाल पत्रकार महासङ्ग मुगु शाखाले विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
    शाखाको बुधबार सम्पन्न ७ औ जिल्ला अधिबेशन तथा १३ औ साधारण सभामा सस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पुर्व अध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट यो पुरस्कारको घोषणा गरिएको हो ।
    मुगु जिल्लामा कृयाशील पत्रकारहरु मध्यबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला २ जना पत्रकारलाइ पुरस्कृत गरिने बताइएको छ ।
    पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनौट गर्न शाखाले कार्यविधी बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकम एउटा अक्षयकोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको व्याजबाट पत्रकारलाइ पुरस्कृत गरिने र यो कोष कम्तिमा ५ लाखको बनाइने लक्ष मुगु शाखाका लिएको अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
    उदघाटन सत्रमा लामो समय देखि पत्रकारिता गरि रहेका शाखामा आवद्ध ३ जना पत्रकार र शाखालाइ विभिन्न समयमा आर्थिक,भौतिक तथा क्षमता विकासमा सहयोग गर्दै आएका ४ स्थानिय तह १ गैरसरकारी सस्थालाइ पनि सम्मानित गरिएको थियो ।
    सम्मानित हुने पत्रकारहरुमा नया पत्रीका राष्टिय दैनिका जिल्ला समाचारदाता अच्युतराज भण्डारी,न्युज 24 मुगु समाचारदाता दान बहादुर बुढा र समाचार पत्र दैनिकका मुगु जिल्ला समाचारदाता वीर बहादुर बम रहेका छन ।
    स्थानिय तहहरुमा छायानाथ रारा नगरपालिका,खत्याड गाउपालिका,सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका लाई पनि पत्रकार महासङ्ग मुगु शाखाले सम्मान पत्र प्रदान गरेको थियो ।
    गैर सरकारी संघ सस्थाहरु मध्यबाट हिमाली ग्रामिण युवा समाज विकास केन्द्र (हिरिसडेक ) मुगुलाइ सम्मानित गरिएको थियो ।
    उदघाटन सत्रको प्रमुख अतिथिमा समन्वय उपप्रमुख नैली कार्की,विशिष्ट अतिथिमा छायानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम,विशेष अतिथिमा नेपाल पत्रकार महासङ्ग केन्द्रिय समितिका प्रतिनिधि विमल हमाल,सोरु गाउपलिका उपाध्यक्ष केशरजङ्ग शाही,सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्री र अतिथिहरुमा नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर सेजुवाल,ट्रेड युनियन मुगु अध्यक्ष रेशम बहादुर रावल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु,शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भाम,गैरसरकारी महासङ्गका मुगु अध्यक्ष कर्णजङ्ग शाही,मुगु उधोग बाणिज्य सङ्गका अध्यक्ष कमल बहादुर बुढा,बौद्धिक व्यक्तित्व देवबहादुर मल्ल र नागरिक अगुवा रुपबहादुर मल्ल रहनु भएको थियो ।
    उदघाटन सत्रपछी शुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गर्नु भएको साङठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहिले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै गर्दै ५ बुदे प्रस्तावका अन्य निर्णय पनि सर्वसम्मत पारित गरेको थियो ।
    मुगु शाखाको ७ औ जिल्ला अधिवेशन तथा १३ औ साधारण सभाको उदघाटन र बन्द दुबै सत्र महासङ्गका केन्द्रिय प्रतिनिधि विमल हमालको रोहभरमा सम्पन्न भएको थियो ।

  • ५ बैशाख २०८१, बुधबार १९:४५ प्रकाशित

  • Nabintech