आज कर्णाली किड्स कप उद्घाटन हुदै

  • नमस्ते कर्णाली

  • पहिलो पटक अण्डर– १२ बालबालिकाको फुटबल प्रतियोगिता आज दिउसो ३ बजेबाट हुम्लाको अदानचुलीमा उद्घाटन हुने भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर आज देखि ११ गतेसम्म हुम्लाको अदानचुली मा सो प्रतियोगीता हुने हो ।
    बालबालिकामाथि हुने सबैखाले हिंसा अन्त्यको नारासहित रेडियो श्रीनगर, माउण्ट एभरेष्ट स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता शुरु हुन लागेको रेडियो श्रीनगरमा सञ्चालक नमराज महताराले बताए ।
    ११ वटा बिद्यालयहरुले टिम दर्ता गराएका छन् । नेपालमै पहिलो पटक अनेक बहानामा घरबाट ओसारपासरका कारण बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोवैज्ञानिक असरलाई कम गर्दै आप्mनै घरमा सुरक्षित रुपमा गुणस्तरिय शिक्षा र खेलकुद प्राप्त गर्ने उद्घोषका साथ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । टिम दर्ता गराउने बिद्यालयहरुमा जनकल्याण आधारभुत बिद्यालय अदानचुली १, मण्डाल्नी आधारभुत विद्यालय अदानचुली १ ले टिम दर्ता गराएको छ । यसै गरी अदानचुली २ को मष्टादेब आधारभुत विद्यालय र पुद्धुकोट आधारभुत विद्यालय, अदानचुली ३ को सुर्योदय माध्यामिक विद्यालय , छत्रपाल आधारभुत बिद्यालय ,वडा नम्बर ४ बाट ज्ञनोदय माध्यामिक विद्यालय ,सल्लाघारी माध्यामिक बिद्यालय अदानचुली ५,सुपाखेत आधारभुत विद्यालय अदानचुली ५ र हिमालचुली आधारभुत बिद्यालयले लगाएत टिमले सम्म टिम दर्ता गरेको रेडियो श्रीनगर एफ एमका स्टेशन प्रमुख काली बहादुर थापाले जानकारी दिए । विद्यालयहरुलाई तयारीको लागि एक,एक वटा फुटबल पनि प्रदान गरीएको थियो र बिद्यार्थीहले राम्रो अभ्यास गरेको जनाइएको छ ।
    विभिन्न बहानामा हुम्ला र कर्णालीका बालबालिकालाई जिल्लाबाहिर पठाउने काम बढिरहेका बेला गाउँमै राष्ट्रिय स्तरको खेल आयोजना गर्ने, बालबालिकामाथि हुने सबैखाले हिंसाको अन्त्य लक्ष्यलाई पूरा गर्न सार्वजनिक अपिल गर्ने काम कर्णाली किड्स कपले गर्ने भएकाले यसको महत्व बढी देखिएको हो।
    कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गरिनेछ। १२ वर्षमुनिका पाँच कक्षासम्म अध्ययन गर्ने बालबालिका प्रतियोगी खेलाडीका रुपमा सहभागिता जनाउने उक्त प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिनेछ ।
    विजेता विद्यालयलाई नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र प्रतियोगि बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरिनेछ । यसले बालबालिकालाई खेलकुदप्रति रुचि जगाउनेदेखि आफूमाथि हुने हिंसाविरुद्ध आवाज उठाउनसमेत मद्दत गर्ने विश्वास गरिएको छ।

  • ७ बैशाख २०८१, शुक्रबार ०९:५५ प्रकाशित

  • Nabintech