मुगुमा ८० वर्षिया आमाले बल्ल पाइन नागरिकता

  • सनत हमाल

  • मुगु बैशाख १२ गते,

    मुगुको एक गाउका ८० वर्षिया जेष्ठ नागरिकले बल्ल नेपालि नागरिकताको प्रमाण पत्र पाउनु भएको

    मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका सेरोग गाउका   नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकतापाउनु भएको हो

    २००० साल बैशाख १२ गते जन्मनु भएका कामिलाई २०८१ साल बैशाख १२ गते नै (आजै वुधवार ) प्रमुखजिल्ला अधिकारी टोपेन्द्र केसिले नागरिकत प्रमाण पत्र नम्बर ५८०१८१०००४१ को नेपाली नागरिकताप्रदान गर्नु भएको हो

    ३५ वर्ष अघि कामिका श्रीमान सोनाम तेन्जीन कामिको मृत्यु भएको थियो विकट गाउँ जहाँबाट  जिल्ला  सदरमुकाम गमगढी पुग्न / दिन हिड्नु पर्ने भएपछी जान आउन समस्या नागरिकताको आवश्यकता बारेजानकारी नहुदा नागरिकता लिन ढिलाइ भएको थियो जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन छोरा पाल्न धौ धौ भयो सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान नहुदा नागरिकताबनेन छोरा मध्य एक छोराको सिलाजित निकाल्दा लडेर मृत्यु भयो अर्को छोराको पनि मेरो नागरिकतानहुदा उस्को पनि नागरिकता बनेन छोराबाट नातिनी नाति छन छोरा मेरो नागरिकता नहुदाउनिहरुको जन्मदर्ता नबन्दा सरकारले दिने बाल भत्ता पाएका छैनन मैले नागतिकता पाए अब छोराको पनिबन्ने भयो नाति नातिनिहरुले पनि भत्ता पाउने भए खुशी हुँदै आफ्नो  नया बनेको नागरिकता देखाउदैनोन्जोम कामिले बताउनु भयो

    श्रीमानको नागरिकता,माइती पक्षको सनाखत नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसुची सहितअन्य कागजातहरु पुगे पछि ढिला नागरिकता  लिनाको कारण बारे विश्वास लाग्दो प्रमाण जुटेपछी ८०वर्षिया आमालाइ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले बताउनु भयो

    ८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएको थियो

    विभिन्न सन्चार माध्यममा यो परिवारको बारे समाचार आएपछी स्थानिय समाजसेवी सोनाम लामाकार्मारोङ्ग वडा अध्यक्ष दावा साङवा तामाङ्गले आमाको जिम्मा लिएर सदरमुकाम ल्याउनु भएको थियो

    सदरमुकाम आएको १७ दिनसम्म सोनाम लामा कार्मारोङ्गले ८० वर्षिया आमाको नागरिकता सम्वन्धी  कागजात जुटाए पछि बल्ल आज आमाको नागरिकता बन्न सकेको थियो

    आमाले नागरिकता पाउनु भयो अब छोराको नागरिकता,नाती,नातिनीहरुको जन्मदर्ता भत्ता उपलब्धताकोप्रकृयामा आफू लाग्ने समाजसेवी लामाले बताउनु भयो

  • १२ बैशाख २०८१, बुधबार १८:३२ प्रकाशित

  • Nabintech