डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

  • उमेश रोकाया

  • बाजुरा- हिमाली गाउँपालिका धुलाचौर बजारमा डम्पिङ निर्माण संगै हप्ताको आइतबार फोहोर संकलन गरिने भएको छ।

    धुलाचौर बजारमा क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा डम्पिङ साइट निर्माणकार्य सम्पन्न गरिएको छ। गाउँपालिकालाई सिसामुक्त बनाउन पालिका भित्र रहेको बजार क्षेत्र धुलाचौरमा डम्पिङ साइट बनाएको छ। गाउँपालिका केन्द्र धुलाचौर बजारमा रहेको फोहोर संकलन र व्यवस्थापन गर्नका लागि डम्पिङ निर्माण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

    पालिकाको आसपास क्षेत्रमा रहेकोे बजारलाई स्वच्छ र सफा राख्न विशेष हाम्रो अभियान रहेकोे छ। बजार भित्र क्षेत्रलाई हाम्रो र राम्रो संगै स्वच्छ वातावरण गराउनका लागी फोहोर मैला संकलन तथा व्यवस्थापन गर्न विशेष अभियान लागेका छौँ। यही आर्थिक वर्षको बजेट विनियोजन रकमले डम्पिङ निर्माण मात्र नभई सार्बजनिक धारा र सौचालय पनि बनाएको छ। धुलाचौर बजारमा क्षेत्र भन्दा करिब ५ सय मिटर टाढाको साइटमा कुहिने र नकुहिने फोहोर लाई अलगअलग राख्नका लागि डम्पिङ निर्माणकार्य सम्पन्न गरिएको अध्यक्ष मल्लले जनाएको छ।

    धुलाचौर बजार फोहोर मैला संकलन तथा व्यवस्थापन गर्नका लागी विशेषगरी डम्पिङ बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी जनाएका छन। धुलाचौर बजार आसपास रहेका व्यवसायी तथा बसोबास घरपरिवार बाट उत्पन्न हुने फोहोर संकलन तथा व्यवस्थापन गर्ने उद्देश्यले बनाएको हो। जेष्ठ महिना देखि हप्ताको आइतबार फोहोर उत्पादन घर तथा व्यवसायीको स्थानमानै फोहोर मैला उठाउन गाडी वा ट्याक्टर व्यवस्था समेत गरिएको छ।

    कुहिने र नकुहिने फोहोर फरकफरक प्याकेजमा संकलन गर्नुपर्ने उक्त फोहोर गाडीमा राख्दा अलगअलग राख्नुपर्ने छ। फोहोर मैला संकलन नगर्ने गाडीमा फोहोर नपठाउने र जथाभावी फोहोर मैला फाल्ने काम गरियो भने कानुनी कार्वाही बजारका व्यवसायीले भागिदार हुनुपर्ने समेत अवस्था रहेकोे छ। प्रत्येक महिनाको फोहोर संकलन गरे बापत धुलाचौर बजारमा भित्र बस्ने होटल व्यवसायी १ सय ५० ठुलो व्यावसायिक १ सय २० मझौला व्यावसायिक १ सय, साना व्यवसायी ६० र घर आवास भएकालाई २० रूपमा दरले प्रति महिना गाउँपालिकालाई राजस्व तिर्नुपर्ने छ। फोहोर संकलन तथा व्यवस्थापन गर्नका लागी बजार बासी लाई सम्झौता समेत गर्न लगाएको छ। फोहोर संकलन तथा व्यवस्थापन गर्ने सम्बन्धि बजारमा सुचना सहित टासिंएको अधिकृत भण्डारीले बताएका छन।

  • ३० बैशाख २०८१, आईतवार ०३:५५ प्रकाशित

  • Nabintech