बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

  • उमेश रोकाया

  • बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ।

    हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ।

    पोषण सप्ताह कार्यक्रम बिधालय विद्यार्थीहरुको तौल, उचाई, आँखा, कान र दातको स्वस्थ्य चेकजाँच सहित जुकाको औषधी खुवाएको छन। प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरेको छ। विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने विद्यालयमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरिक्त क्रियाकलापहरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिमप्रसाद पाण्डेले जनाएको छ।

    हाजिरी जबाफ कार्यक्रम ६ वटा बिधालय सहभागिता भएका थिए। उक्त प्रतिस्पर्धा गर्दा प्रथम बडिमालीका माध्यमिक बिधालय दितिय भवानी माध्यमिक बिधालय र ४ वटा बिधालय विद्यार्थी सान्त्वनालाई पुरस्कार हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरिएको छ। वक्तुत्व कला ५ वटा बिधालय सहभागिता मध्य प्रथम भवानी माध्यमिक बिधालय दितिय शैलश्वरी माध्यमिक बिधालयलाई उत्कृष्ट सहित सान्त्वना लाई पुरस्कार कार्यक्रम वितरण गरिएको छ।

    बिधालय आज पोषण सप्ताह कार्यक्रम अत्यन्तै राम्रो भएको छ। जसले गर्दा स्कुलमा विभिन्न क्रियाकलाप गर्दा विद्यार्थी सुधार हुने अवसर प्रदान हुने भएको छ। यसको लागी पालिकाबाट गर्न सक्ने सक्दो प्रयास लागेको छु। बिधालय जुन कार्यक्रम प्रतिस्पर्धालाई बधाई दिदै सबैलाई शुभकामना समेत व्यक्त गरेको अध्यक्ष मल्लले जानकारी दिएका छन।

    सोही कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर ६ का वडाका कार्यवाहक अध्यक्ष बिष्णु राज पाण्डे अध्यक्षतामा कार्यक्रम सञ्चालन गरेका छन। उक्त कार्यक्रम प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज संजाल जैसी अतिथि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थी लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको बाक्लो सहभागीतामा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थीले बताएका छन। पोषण सप्ताह कार्यक्रम जेष्ठ १ गतेदेखि ७ गतेसम्म मनाइने भएको छ।

  • १ जेष्ठ २०८१, मंगलवार १७:२९ प्रकाशित

  • Nabintech