रारा राष्ट्रिय निकुन्जमा प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध

  • सनत हमाल

  • मुगुरारा घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला लगायत प्लास्टिक जन्य बस्तु ल्याउन नपाउनेभएका छन्। रारा तालमा फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको छ। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

    निकुञ्जका निमित्त बरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार पर्यटकले लिएर आउने प्लास्टिककाझोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ गरेका खानेकुरा तथा बोतलहरु निकुञ्जभित्रै फालेर जाने गरेकाकारण फोहोर बढेकाले यस्तो नियम लगाइएको हो। यही जेष्ठ गतेदेखि लागुहुने गरि निकुञ्ज भित्रलगिएका पानीका बोतलहरू प्लास्टिकका झोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ्ग गरेका खानेकुरा तथाबोतलहरु फिर्ता ल्याएर काउन्टरमा बुझाउने नियम लागू गरिएको ,’ उनले भने, ‘निकुञ्जभित्र छिर्नुअघिझोलाको जाँच गरेर इन्ट्री गर्ने व्यवस्था गरेका छौं।भित्र फोहोर नहोस् भनेर फर्किंदा निकुञ्ज भित्र लगिएकापानीका बोतलहरू प्लास्टिकका झोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ्ग गरेका खानेकुराहरु खायर प्लास्टिक बुझाउनुपर्ने नियम लागू गरिएकोलगिएका पानीका बोतलहरू प्लास्टिकका झोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ्ग गरेका खानेकुराहरु खायर प्लास्टिक चेकपोष्ट मा नबुझाय जरिवाना समेत तोकियको छ।

    लामो समय देखि निकुञ्ज कार्यालयले प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभयकाले यस्तो नियम लगायको निमित्त बरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए।रारा घुम्न आउनेपर्यटकले मात्र होइन, निकुञ्जभित्र बस्ने नेपाली सेना, कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराकाप्याकेट, खोललगायतका सामग्री जथाभाबी फाल्न नपाउने उनले बताए। निकुञ्जभित्र सुरक्षाका लागिसेनाका बिभिन्न पोस्ट राखिएका छन्। त्यहाँ बस्ने सेनालाई पनि प्लास्टिकका झोलाको विकल्पमा कपडाकाझोला प्रयोग गर्न लगाइएको उनले जानकारी दिए।

    घुम्न आउने पर्यटकले मात्र होइन, निकुञ्जभित्रै बस्ने नेपाली सेना, कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोललगायतका सामग्री फाल्न पाउने छैनन्। निकुञ्जभित्र विभिन्न स्थानमा डस्टबिनराखिएका छन्।

    उक्त अभियानलाई सफल पार्न यसबारे सूचना बोर्ड, पोस्टर स्टिकर प्रयोग गर्ने तयारी निकुञ्ज कार्यालयलेगरेको छ। निकुञ्जभित्र प्रवेशगर्नेवटा प्रवेशद्वार छन्। सल्लेरी, लामाचौर, ताल्चा, जेउड्याबाट पर्यटकरारा प्रवेश गर्न सक्छन्। सल्लेरी प्रवेशद्वार बाट धेरै पर्यटक रारा प्रवेश गर्ने गरेका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ को चैत्र सम्म रारा घुम्ने आन्तरिक नेपाली पर्यटक हजार सय, सार्क राष्ट्रबाट ३५, विदेशी१८३ गरी हजार सयले रारा घुमेको रेकर्डमा रहेको गत वर्षभन्दा यो वर्ष रारा घुम्न आउने पर्यटक बढ्नेआँकलन गरिएको निमित्त बरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए।

  • २ जेष्ठ २०८१, बुधबार ०७:०० प्रकाशित

  • Nabintech