मुगु ७६ औ जिल्लाको रुपमा जोडीयो एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु

  • सनत हमाल

  • मुगु नेपाल टेलिकमले कर्णाली प्रदेशको मुगुमा एफटीटीएच सेवाएनटी फाइबरसुरु गरेको

    आईतबार मुगुको गमगढी बजारमा अबस्थित टेलिकमको कार्यालमा भर्चुअल माध्यमबाट यक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नु भयो उक्त कार्यक्रमा मुगु जिल्लाका संघीय माननीय ऐन बहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्की , छायाँनाथ रारा नगरपालीका नगर उपप्रमुख ऐश्वर्य मल्ल,मुगुका प्रमुख जिल्ला अधिकारि टोपेन्द्र बहादुर के.सी लगायत सुरक्षा प्रमुख नागरि समाज पत्रकार लगायतको उपस्थितिमा प्रमुख अथितिले एनटी फाइबर सेवाको सुरुगर्नुभयको हो

    सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले देशभरिका सबै जिल्ला भूभागमा गुणस्तरीय इन्टरनेट सेवाबिस्तार गर्ने सरकारको प्राथमिकता भएकबताएकी छन्।प्रबिधिको बढ्दो विकाससँगै दूरसञ्चार सेवामानिसको आधारभूत आवश्यकता हुन थालिसकेको भन्दै मन्त्री शर्माले समय सापेक्ष प्रबिधि पनि फेरिँदै जानेबताइन्।

    कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु, कालिकोट जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबरट्रान्समिसन लिङ्कको बिस्तार  अघि बढेकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंङ्ककोसेवा समेत बिस्तार हुनेछ।

    उद्घाटन कार्यक्रममा संघीय सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुरकार्की, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलगायतले नेपालको दूसञ्चार सेवाले पुर्‍याएको योगदानकोचर्चा गरेका थिए।

    नेपाल टेलिकमले पुरानो प्रबिधिको नेटवर्क लाई एफ टी टी एचमा माईग्रेसन गरी हाल उपलब्ध माइक्रो वयभरेडियो लिंकको क्षमता बढाई एफ टी टी एच प्रबिधिबाट एम बि पि एस क्षमताको टेलिफोन ईन्टरनेट सेवाबिस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताए।

    कर्णाली प्रदेशका सबै जिल्लामा फोर जि सेवा बिस्तार भैसकेको भने आजबाट हुम्ला बाहेक मुगु समेतगरी कर्णालीका वटा जिल्लामा एफ, टी टी यच सेवा बिस्तार भएको पनि प्रमुख आचार्यले बताए। बार्षिकईन्टरनेट प्याकेज मूल्य रू ,९९९ रहेको बताईएको छ। उच्च गतिको ईन्टरनेट सेवा बिस्तार भएपछिसेवाग्राही खुशी भएका छन्।

  • ६ जेष्ठ २०८१, आईतवार १९:३९ प्रकाशित

  • Nabintech