मेयर भामको २ वर्ष कार्यकालको सार्वजानिक सुनुवाई: जन अपेक्षाका कार्य भए त ?

  • सनत हमाल

  • मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले जनचासाको बिषयमा सोमवारसार्वजानिक सुनुवाई गरेका छन् दुई वर्षको कार्यकालमा वर्ष भरी गरेका आफ्ना कार्य प्रगति प्रस्तुत गरेकाहुन् नगर प्रमुख भाम निर्वाचित भईसके पछि गत वर्ष देखि हाल सम्म नागरिक लाई सुचनाको हक लाईप्रत्याभुति गर्न नगरपालिकाको कार्य प्रगति लाई नागरिक माझ शुसुचित गराउन वर्षे पिच्छे सार्वजानिकसुनुवाई गर्दे आई रहेका हुन यसले गर्दा नागरिक प्रति उत्तरदायि बढेको नगरपालिकाले हाल सम्मविभिन्न प्रकारका विकासे योजना अन्य समुदाय प्रति आर्कषण हुने कार्यहरु सञ्चालन गर्दे आई रहेका छन् बिगतका वर्षहरुमा नगरपालिकामा के कस्ता कार्यहरु सञ्चालन भए नभएका केही पनि कुराहरु नागरिकमाझ पुग्न सकेका थिएनन् मेयर भाम निर्वाचित भई नगरपालिकामा भई गरेका काम कार्वाही लगायतकाबिषयमा सार्वजानिक सुुनुवाई गर्देै आएको छायाँनाथ रारा नगरपालिकाले जनाएको मेयर भामले योपनि भनेका छन् कि गरे के हुदैन भन्ने मुल मन्त्रका साथ श्रमदान अभियान लाई प्रभावकारी बनाउदै आएकाछन् श्रमदान अभियानले राज्यको आर्थिक भार लाई पनि न्युन हुनु विकासे योजनामा पनि ठुलो भुमिकाखेल्ने हुदा यस श्रमदान अभियानले सार्थकता पाएको नगर प्रमुख बिष्णु कुमार भामले बताए मेयर भामले वर्ष कार्यकालमा गरेका कार्य प्रगतिहरु यसरी प्रस्तुत गरिएको मुलुकका सबै स्थानीय तह मध्ये पहिलोपटक दलित निति पास गरि अन्तरजातिय विवाह गर्ने जोडी लाई प्रोत्साहन स्वरुप एक लाख रकम प्रदान गर्देआई रहेको यसले गर्दा अन्तरजाति विवाह गर्ने जोडी लाई प्रोत्साहन मिलेको   साथै कर्णालीप्रदेशका स्थानीय तह मध्ये दुर्गम हिमाली जिल्ला मुगु जस्तो स्थानमा नागरिकको समस्या लाई मध्येनजरगर्दे यातायातमा भएको सिन्डिकेट लाई तोड्न पहिलो पटक नगर बस सञ्चालनमा आएका छन् त्यस्तै एकमुख दश रुख अभियानले पनि निरन्तरता पाएको श्रमदानको अवधारणाले सरसफाईको अभियान , भ्रष्टाचार नियन्त्रण अभियानलाई निरन्तरता दिदै आएको मेयर भामको भनाई नगर प्रमुख भामले गरिबविपन्न , दलितहरु लाई घाउमा मलम लगाउने प्रयासमा नगरपालिका भित्रका एक हजार दुई सय ५६ दलितघर परिवार लाई दशै भत्ता पहिलो चरणमा दुई हजार पाँच सयका दरले बितरण गर्दे आई रहेको पनि अवगतगराए ।पछिल्लो समय युवाहरु बैदेशिक रोजगारीको लागि विदेशिने युवाहरु लाई स्वदेशमै बसेर अर्थातनगरपालिकामै बसेर आत्म निर्भर जिविकोपार्जन गर्न नगरपालिकाका सय जना बेरोजगार ब्यक्तिहरुलाई स्वरोजगार मुलक कार्यक्रम अन्तरगत कुखुरा पालन , तरकारी खेति , भैसि पालन , बाख्रा पालन बंगुरपालन ब्यवसाय लाई पनि निरन्तरता दिएको भामले जानकारी गराए यसले गर्दा घरमै बसिजिविकोपार्जनमा ठुलो टेवा पुग्ने उनले बताए साथै नगर प्रमुख भामले राज्य बाट उपलब्ध गराउने सेवासुविधा पनि त्याग गरेका छन् जसमा मोवाईल सञ्चार खर्च नलिएको , नगर प्रमुखले आवास अर्थातक्वाटर सुविधा नलिएको पाँच वर्षको जम्मा तलब बाट एम्बुलेन्स खरिद गर्ने समेत घोषणा गरेका छन्

  • ७ जेष्ठ २०८१, सोमबार ११:०९ प्रकाशित

  • Nabintech