बाजुराकी एक महिला आर्थिक अभावले भेरी अस्पताल बेडमा सहयोग अपिल

  • उमेश रोकाया

  • बाजुरा- बाजुराकी एक महिला आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा सहयोग अपिल गरेका छन।

    हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। उनको बिरामीलाई उपचारका लागि घरको गाउँमा पैसा चंदा संकलन गरेर १७ हजार रूपमा उठेको पैसाले घरबाट कोल्टी प्राथमिक केन्द्र कोल्टी सम्म गाडी भाडामै सिमित भएको आफन्त कर्ण बहादुर रावलले बताएका छन।

    कोल्टी प्राथमिक केन्द्र उपचार गर्न सम्भावना नभएपछि रिफर गरेर एम्बुलेन्स मार्फत नेपालगन्ज भेरी अस्पतालमा लगिएको हो। पैसाको अभाव हुँदा निजी हस्पिटल उपचार गर्दा धेरै लाग्ने भएका कारणले भेरी अस्पताल आर्थिक अवस्था एकदम नाजुक हुँदा अहिले आईसियुमा राख्न सकिएको छैन। उपचार गर्न उत्तिकै समस्या भएपनि खाना बस्न र बिरामीलाई पिउने पानीको बोतल किन्न मुस्किल समेत भएको आफन्त अमृत रावलले बताएका छन।

    निज कुसुमकला रोकायाको श्रीमान गएको पौष महिनामा मृत्यु भएको थियो। उनका अहिले घरमा ४ वटा छोराछोरी साथमा रहेका छन्। बिरामीको उपचारका लागि अस्पतालको जानकारी अनुसार ४/५ लाख भन्दाबढी खर्च लाग्ने बताइएको छ। सानो सहयोगले बिरामीलाई उपचारका लागी राहत हुने अवस्था रहेकोे आफन्त । सहयोगको लागि ईसेवा आईडी ९८६३१००६८२ सानिमा बैंकको खाता नम्वर ०७४०११०५०००००४८ मा रकम जम्मा गरी सहयोग गरिदिनु हुन हार्दिक अपिल गरेका छन।

  • ८ जेष्ठ २०८१, मंगलवार १४:०९ प्रकाशित

  • Nabintech