चौथो रारा ट्रेल रनको उपाधी अक्कल र राज्यलक्ष्मीले जिते

  • सनत हमाल

  • नेपाली सेनाले नेपाल कै ठूलो र गहिरो ताल रारामा सन्चालन गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधीअक्कल  र राज्यलक्ष्मीले जितेका छन ।

    बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथो पटकको रनको लागि नेपाल कै ठूलो ताल राराताल वरिपरि धावकहरुलाइ प्रतिस्प्रधा गरिएको थियो ।

    यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ ।

    शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १९४ जना खेलाडीले सहभागिताजनाएका थिए ।

    सहभागी पुरुष १६९ मध्य छायानाथ रारा नगरपालिका वडा न १४ वाम गाउका अक्कल बढुवाल(१७) लेनिर्धारित १६ किमि दुरि १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम,कनकासुन्दरी गाउपालिका ३ का सेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दृतिय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।

    यस्तै महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउपालिका ३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा  १४  मिनेट  ३३  सेकेन्डमा पार गर्दै प्रथम,पातारासी गाउपस्लिका२ जुम्ला पेडा गाउकि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोर्सो र जुम्ला जिल्ला समिताबुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेर्सो स्थान हात पारेका छन ।

    ट्रेल रनमा प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडिहरुलाइ जनहीक्रमस ५० हजार,४० हजार,३० हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।

    विजेताहरुलाइ प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि,छायानाथ रारा नपा कावा प्रमुख पदमराज मल्ल,हिमागाउपालिका जुम्लाका अध्यक्ष,उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदानगर्नु भएको थियो ।

    दौड प्रतियोगितामा जेष्ठ खेलाडि ५१ वर्षिय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५वर्षिय दिपेन्द्र रावल प्रतियोगिका रुपमा सहभागी भएका थिए ।

  • १८ जेष्ठ २०८१, शुक्रबार १८:३३ प्रकाशित

  • Nabintech