पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

  • नमस्ते कर्णाली

  • बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका पशुहरुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको छ।

    हिमाली गाउँपालिका पशु सेवा शाखा धुलाचौर बाजुराको आयोजनामा हिट सिन्क्रोनाजेसनको माध्यमबाट सञ्चालन गरिएको कृतिम गर्भाधान मिसन कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट बाके प्राबिधिक सहयोगमा पशु कृतिम गर्भाधान कार्यक्रम गरिएको छ। गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत बजेटको लक्ष्य अनुसार कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले जनाएका छन।

    हिमाली गाउँपालिका वडा नम्बर ६ र ७ वडामा विशेषगरी लागु गरिएको छ। सोही वडामा जेष्ठ १० गतेदेखि १९ गतेसम्म कृतिम गर्भाधान कार्यक्रम सञ्चालन भएको छ। पशुहरुलाई कृतिम गर्भाधानमा बाख्रा ८ वटा भैंसी ८ वटा गाई ३ वटा गरेर जम्मा १९ वटा पशुहरुलाई गर्भाधान गर्न सफल भएका छौँ। हामीले कृतिम गर्भाधानका माध्यमबाट उन्नत जातका पशुहरुको बिकास गर्ने, यसलाई दुध तथा मासु उत्पादन वृद्धि गर्नेका निम्ति यो कृतिम गर्भाधान कार्यक्रम गरिएको छ।

    कृषकहरुलाई पशुहरुमा स्थानीय पशुमा उन्नत जातका पशुको विर्यबाट कृतिम गर्भाधान गर्दा फाइदा हुने भएकाले कृषकका पशुहरुको घरदैलोमा कृतिम गर्भाधान कार्यक्रम चलाएको छ। कृषकलाई पशुहरुको प्रजनन समस्याबाट सर्ने जुनोसिस रोगबारे कृषकलाई जनचेतना गराइ शुद्ध दुध र मासु उत्पादन गर्न प्रेरित गर्नु समेत अभिवृद्धि गराएको राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज पशु सेवा प्राविधिक देव नारायण जैसीले जनाएको छ।

  • १९ जेष्ठ २०८१, शनिबार १९:५७ प्रकाशित

  • Nabintech