मुगुको सोरु गाउपालिकाको ८ बर्षपछि पालिका केन्द्र निर्धारण

  • सनत हमाल

  • मुगु जिल्ला स्थित सोरु गाउपाकिाको पालिकाले ८ बर्षपछि पालिका केन्द्र निर्धारण गरिएको छ ।

    १४ औ गाउसभामा पालिका अध्यक्ष, उपाध्यक्ष वडाअध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुको बहुमतनिर्णयले पालिका केन्द्र सोरुकोटमै निर्धारण गरिएको गरिएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीलेबताए ।

    स्थानीयतह संचालन भएको ८ बर्ष सम्म यस सोरु गाउपालिकाको पाालिका केन्द्र निर्धारण नहु“दापूर्बाधारण निर्माण देखि प्रशासनिक कामकाज गर्न गाह्रो अबस्था भएपछि यो पटकको १४ औ गाउसभालेपहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोकेको उनको भनाई छ ।

            बिगत ८ बर्ष देखि अस्थायी रुपमा सोरुकोटमा पालिकास्तरका बिकास निर्माणका कामकाज देखिसेवाग्राहीका सेवा प्रबाह गर्दै आएको भएपनि अस्थाथी पालिका केन्द्रले गर्दा जनप्रतिनिधि देखिकर्मचारीलाई काम गर्न अप्ठेरो महसुस भएको थियो ।

          गाउपालिकाले आइतबार प्रेस बिज्ञप्ती जारी गरि सोरु गाउपालिकाको पालिका केन्द्र सोरुकोटमैतोकिएको  निर्णय सार्बजनिक गरि सबैलाई जानकारी गराएको छ ।

           ६ वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहा हुनु र ५ वडाका जनप्रतिनिधिले सोरुकोटमापालिका केन्द्र हुन पर्ने अडानका कारण केन्द्र निर्धारण अन्यौल उत्पन्न भएको अबस्थामा यो पटक सबैजनप्रतिनिधिले सोरुकोट राख्ने सहमति गरेका छन ।

          सोरुकोटमा बिद्युत, बैंक, प्रहरी र्चाकी, खाद्य डिपो, सडक पूर्बाधार  बजार ब्याबस्था बिद्यालय लगायतसबैको पहु“च भएकोले १४ औ गाउसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरिएको पालिकाअध्यक्ष धर्मबहादुर शाहीको भनाई छ ।

          केन्द्र निर्धारण टुङगो लागेपछि जग्गा खरिद गरि पालिकाका भित्रका सबै बिषयगत पूर्बाधारण निर्माणमाकाम अघि बढाउने अध्यक्षको भनाई छ ।

           पालिका केन्द्र निर्धारण्को लागि पटक पटक छलफल बहस भइरहेको अबस्था १४ औं गाउसभा बाटपालिका केन्द्र निर्धारण गरेपछि सोरुबासी खुशी भएका छन । सोरु गाउपालिकाले यो पटक एउटा महत्वपूर्णपालिका केन्द्र निर्धारण गरेको संघीय सांसद ऐनबहादुर शाहीले भने अब भौतिक संरचना निर्माणमापालिकाले ध्यान दिन पर्छ ।

  • ११ असार २०८१, सोमबार १२:१७ प्रकाशित

  • Nabintech