हुम्लाकाे अदानचुली गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ शनिवार पनि भूक्तानीका काम भईरहेका जनाएकाे छ । जिल्लाकाे दक्षिणी भेगमा रहको अदानचुली गाउँपालिकाले याे बर्ष समयमै भूक्तानीका भइसक्ने जनाएकाे छ ।
लगातार वर्षा भईरहेका कारण इन्टरनेट जुनसुकै समयमा पनि अवरोध हुनसक्ने भएकाले आज शनिवार पनि भूक्तानीका काम अगाडी बढाईएको गाउँपालिकाका लेखापाल दत्तबहादुर थापाले जानकारी दिनु भयाे ।
आज गाउँपालिकामा भुक्तानीकै मात्रै काम नभएर अन्य सम्पूर्ण शाखाहरूले आ-आफ्ना काम गरिरहेको लेखापाल थापाले बतानु भयाे।
‘सम्पुर्ण ७३ ओटा योजनाको ७ करोड ७३ लाख ५४ हजार ७३२ रकममध्ये संघका २ ओटा, प्रदेशका २१, मुख्यमन्त्री रोजगार अन्तर्गतका ६ ओटा, प्रधानमन्त्री रोजगार अन्तर्गतका १३ ओटा, गाउँपालिका अन्तर्गतका ३१ गरी जम्मा ७३ ओटाकै सम्पुर्ण भूक्तानी भईसकेको छ। २४ गतेसम्म फ्रिज ० मा झार्ने प्रमुख प्रशासकिय अधिकृत महताराले जानकारी दिनु भएकाे छ ।
यस्तै सामाजिक सुरक्षाकाे चारवटै किस्ताकाे समयमै भूक्तानी गरिएकाे पञ्जिकरण शाखा अदानचुलीले जानकारी दिएकाे छ ।
गएको शनिवार १५ गते गाउँपालिकाले सूचना जारी गरेरै प्रशासनिक काम सुचारु गरेको थियो। उक्त दिन पनि भूक्तानीका काम पनि भएका थिए।
यसरी आर्थिक वर्षको सकिन २ दिन मात्रै बाँकी रहँदा सम्पुर्ण योजनाहरुको भूक्तानी हुनु एकदमै सुखद् पक्ष हो । गत आ.व. २०७९/०८० मा लगभग २ करोड बढी रकम फ्रिज गएको थियो । अविरल बर्षाले बत्ति नभए पछि केहि शाखाकाे काम प्रभावित भएकाे छ ।