कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्था ९ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगीता सुवेदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समितिका अध्यक्ष टेक नारायण भुसालको अध्यक्षतामा ९ औँ बार्षिक साधारण कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख सुवेदीले जनताको घरघरमा स्वच्छ र सफा पानी उपलब्ध गराउन निरन्तर लागि परेको बताइ ।

       

    साथै कोहलपुर नगरपालिकामा खानेपानी समस्या भएको भन्दै यसको चाडै निकास निकाल्नु पर्ने बताईन । सो साधारण सभामा बोल्ने बक्ताहरुले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समधानका लागी दिर्घकालिन उपाय खोज्नु पर्ने बताए । कोहलपुरमा लामो समय देखि खानेपानी समस्या देखिएको हुनाले सबै एकजुट हुनु पर्ने बताए । खानेपानीमा राजनितिक द्धन्द्ध मचाई जनतालाई स्वच्छ र सफा खानेपानी पुर्याउनेमा बाधा अट्चना गर्न कोही कसैको छुट नभएको कार्यवाहक नगर प्रमुख सुदेदीले बताइन ।

         

    यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति नारायण गौडेल, नेकपा माओवादी केन्द्रका बाँकेका अध्यक्ष रुद्र सुवेदी नेकपा एमाले जिल्ला सचिब संयोजक बलराम भट्टराई लगायत अन्य दलका नेताहरुले आफ्नो भनाई राखेका थिए । यस्तै कार्य समितिको तर्फबाट अध्यक्षद्धारा प्रतिवेदन सचिबद्धारा संस्थाको आ.व २०८०/८१ को प्रगति प्रतिवेदन तथा २०८१/८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

     

     

  • १३ आश्विन २०८१, आईतवार ०९:०० प्रकाशित

  • Nabintech