नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीको आयोजनामा कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । एमाले जिल्ला कमिटी सदस्य सुर्य रोकायका अनुसार रक्तदान कार्यक्रममा १ सय ५३ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा भएको सांसद सुर्य ढकालसहितले रक्तदान गरेको उनले बताए ।
उक्त अवसरमा बोल्दै नेता बस्नेतले रक्तदान जीवन भएको बताए । उनकन अनुसार रगत अभाव हुन नदिनको लागि यस्ता किसिमका कार्यक्रम भइरहनुपर्छ । सांसद सुर्य ढकालले रक्तदान कार्यक्रम एमाले क्षेत्रीय कमिटी संयोजक कुस्माखर बस्यालको अध्यक्षतामा भएको रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा एमाले केन्द्रिय सदस्य एव जिल्ला इन्चार्ज शान्ती ढकाल, एमाले नेता एव संविधान सभा सदस्य देभराज भार, जिल्ला सचिब बलराम भट्टराई लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।