बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

  • नमस्ते कर्णाली

  • हुम्ला, ५ भदौ ।
    सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् । सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् ।
    त्यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् ।
    “कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,” भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।

  • ५ भाद्र २०८२, बिहीबार ०७:२१ प्रकाशित

  • Nabintech