कर्णालीको सिर झुक्ने काम गरेका छैनौं : मुख्यमन्त्री कँडेल

  • नमस्ते कर्णाली

  • सुर्खेत, ५ भदौं ।
    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सिर झुक्ने खालका कुनै पनि काम नगरेको बताए छन् । बुधबार कर्णाली प्रदेश स्थापना भएको १० वर्षको पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारमा बसेर नागरिकको सिर झुक्ने काम आफूबाट नहुने बताएका हुन् ।
    जनताको बलिदानीबाट प्राप्त कर्णालीलाई माथि उठाउन सरकारले रातदिन नभनी काम गरिहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासले प्रदेश संरचना संस्थागत हुन नसक्ने दावी गरे । यसमा सबै राजनीतिक दलले सत्ता र प्रतिपक्षभन्दा पनि यहाँको वास्तिविक अवस्थालाई सिरोधार गर्न आवश्यक रहेको उनले औल्याए । दलिय प्रणालीमा व्यक्ति विशेष र ठाउँ विशेषका कामभन्दा पनि समृद्ध कर्णाली निर्माणमा सामुहिक प्रयास आवश्यक रहेको उनको भनाई थियो ।
    संघीयता कार्यान्वयन भएको लामो समयसम्म पनि संघले अधिकार हस्तान्तरणमा चासो नदिदा संघीयता कार्यान्वयनमा चुनौती झेल्नु परेको उनले सुनाए । संघीयता कार्यान्वयनका क्रममा भएको अव्यवहारिक सिमाङ्कनका विरुद्ध उठेको आवाजबाट निर्मित कर्णालीलाई समृद्धिको पथमा लैजान साझा धारणा आवश्यक रहेको पनि उनले बताए ।

  • ५ भाद्र २०८२, बिहीबार ०७:५० प्रकाशित

  • Nabintech