बाँकेमा एकजना बालकको इन्सेफलाइटिसबाट मृत्यु

  • नमस्ते कर्णाली

  • २०, भदौ २०८२
    बाँके ।बाँकेमा इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-४ का ८ वर्षीय बालकको इन्सेफलाइटिसबाट मृत्यु भएको हो ।
    उनको भदौ १० गते मृत्यु भएको भएपनि स्वास्थ्यका अधिकारीहरुले ढिला गरी जानकारी दिएका हुन् । अरु ३ जना संक्रमित छन् । नरैनापुर-४ का ३ महिनाका बालक र डुडुवा गाउँपालिका-२ का ६ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

    उनीहरु उपचारपछि घर फर्किसकेका छन् । कोहलपुर नगरपालिका-१२ कि ७ वर्षीया बालिकाको भने कान्ति अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।

  • २० भाद्र २०८२, शुक्रबार ०८:०५ प्रकाशित

  • Nabintech