जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

  • नमस्ते कर्णाली

  • ३१, भदौ २०८२
    कञ्चनपुर।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा सोमबारदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।
    सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए । तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए

  • ३१ भाद्र २०८२, मंगलवार ०७:३१ प्रकाशित

  • Nabintech