भेरी अस्पतालमा अब मृगौला प्रत्यारोपण सुविधा, लुम्बिनी–कर्णाली–सुदूरका बिरामीलाई राहत

  • नमस्ते कर्णाली

  • १, असोज २०८२
    बाँके ।नेपालगञ्जस्थित भेरी अस्पताल मृगौला प्रत्यारोपणका लागि सूचीकरणमा परेको छ। सरकारको पाँच महिना १५ गतेको सचिवस्तरीय बैठकले भेरी अस्पताललाई औपचारिक रूपमा प्रत्यारोपण केन्द्रका रूपमा स्वीकृति दिएको हो।

    यससँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई मृगौला प्रत्यारोपणका लागि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। उपचार सेवामा सहजता आउँदा आर्थिक तथा शारीरिक बोझ कम हुने अपेक्षा गरिएको छ।

    भेरी अस्पतालमा मृगौला प्रत्यारोपणसँगै पेरिटोनियल डायलासिसको पनि व्यवस्था गरिने भएको छ। मृगौला प्रत्यारोपण सेवासम्बन्धी परामर्शदाता नर्स झसिन्द्रा केसीका अनुसार यसले स्थानीय बिरामीलाई थप राहत दिलाउनेछ।

     

  • १ आश्विन २०८२, बुधबार ०९:१२ प्रकाशित

  • Nabintech