ढकेरीमा हावाहुरीले गोठ भत्कियो, पशु र मानिस सुरक्षित

  • नमस्ते कर्णाली

  • २२, असोज २०८२
    बाँके । मंगलबार आएको हावाहुरी र वर्षाको कारण राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँका हस्तबहादुर वलीको गोठ भत्किएको छ । गोठ भत्किने समयमा पशुहरू बाहिर बाधिएका भएकाले कुनै जनहानि वा पशु क्षति भएको छैन ।

    स्थानीयवासीका अनुसार दिउँसो अचानक आएको तेज हावाहुरीसहितको वर्षाले घर, बारी र बस्तीका बोटबिरुवामा समेत असर पुर्‍याएको छ । प्रभावित वलीको परिवार अहिले अस्थायी रूपमा अर्को स्थानमा बसोबास गरिरहेको छ ।

    स्थानीय निकायका प्रतिनिधिहरूले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको र आवश्यक सहयोगका लागि तयारी भइरहेको जनाएका छन् ।

     

  • २२ आश्विन २०८२, बुधबार १५:१२ प्रकाशित

  • Nabintech