कोहलपुरमा सात दिने निःशुल्क ऊर्जाध्यान शिविर आजदेखि सुरु

  • नमस्ते कर्णाली

  • १४, कार्तिक २०८२
    बाँके ।कोहलपुरमा आजदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर सुरु हुँदैछ । कोहलपुर नगरपालिकाको आयोजनामा र कोहलपुर जीवनयोग प्रयोगशालाको सहकार्यमा आयोजना गरिएको यो शिविर कार्तिक १९ गतेसम्म कोहलपुर नगरपालिकाको सभाहलमा सञ्चालन हुने भएको हो ।

    शिविरमा विभिन्न गुरुदेवहरूले ध्यान, आत्म–परिष्कार र ऊर्जाको वैज्ञानिक अभ्यासका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शुद्धताको सन्देश दिनेछन् । आयोजकका अनुसार जीवन विज्ञानमा आधारित यो शिविरले मानिसहरूमा सकारात्मक सोच, आत्म–शक्ति र जीवन व्यवस्थापन सीप विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार इच्छुक जो कोहीले पनि सहज रूपमा सहभागिता जनाउन सक्नेछन् । उनले शिविरमा प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका छन् ।

  • १५ कार्तिक २०८२, शुक्रबार ०८:०० प्रकाशित

  • Nabintech