खजुराद्धारा घुम्ती शिविर संचालन

  • नमस्ते कर्णाली

  • ६, मंसिर २०८२

    बाँके ।बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।
    अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागि घुम्ती शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पालिकाले १२ दिनसम्म व्यवसाय दर्ता नविकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको हो ।
    वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जनताको घरदैलोमा सेवा दिने लक्ष्य अनुसार पालिकाको व्यवसाय करसम्बन्धी कार्यविधि, २०७७ को दफा ३ अनुसार नविकरण अभियान सञ्चालन गरिएको हो । पालिकाले १ नम्बर वडा कार्यालयबाट घुम्ती शिविरको सुरुवात गरेको पालिकाले मङ्सिर १४ गते आइतबारसम्म शिविर सञ्चालन गर्ने पालिका अधयक्ष डम्बर विकले बताउनुभयो ।

  • ७ मंसिर २०८२, शनिबार १४:१२ प्रकाशित

  • Nabintech

    कैलाली।टीकापुर साहित्य महोत्सव २०८२ चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण हुने जानकारी दिएको हो । आयोजकका अनुसार महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना गरिनेछ । महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।